काठमाडौं, ७ पुस– बढुवाको लागि हुने परीक्षाको तयारीका लागि उपसचिव र अधिकृतस्तरका दुई हजार कर्मचारी बिदामा बसेको खबर आजको
नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
बिदा नलिएका कतिपय अधिकृतस्तरका कर्मचारी पनि हाजिर गरेर कार्यालयबाट घर फर्किन्छन् ।
लोकसेवा आयोगले अहिले विभिन्न सेवा तथा समुहको सहसचिव पदको परीक्षा लिँदैछ । गत १९ मंसिरदेखि सुरु परीक्षामा सहभागि हुन जिल्लादेखि केन्द्रसम्म कार्यरत उपसचिव र अधिकृतस्तरका कर्मचारी परीक्षाको तयारीमा लागेपछि मन्त्रालय विभाग तथा विभिन्न निकायको कामकाज प्रभावित बनेको छ ।