
काठमाडौं, वैशाख ७ – एनसेलले ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत नयाँ डेटा प्याकहरू सार्वजनिक गरेको छ । नयाँ डेटा प्याक यही विहीवार देखि लागू भएको छ ।
यसअघि ल्याइएको अफर समाप्त भएपछि त्यही थिमअन्तर्गत एनसेलले नयाँ अफर सार्वजनिक गरेको हो ।
योजना अन्तर्गत एनसेलका प्रयोगकर्ताले न्यूनतम ६ पैसा प्रति एमबि सम्ममा डेटा सेवा खरिद गर्न सक्नेछन् ।
ग्राहकले जुनसुकै समयमा पनि चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र रातको समयमा ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक छनोट गर्न पाउनेछन् ।
अल टाइम डेटा प्याक अन्तर्गत एनसेलका प्रयोगकर्ताले १० रुपैयाँमा २५ एमबि, २० रुपैयाँमा ६० एमबि, सय रुपैयाँमा ३ सय एमबि, १ सय ५० रुपैयाँमा ६ सय एमबि र २ सय ५० रुपैयाँमा १ हजार २ सय एमबि डेटा खरिद गर्न पाउनेछन् ।
डे डेटा प्याक खरिद गर्ने ग्राहकले अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् । नाइट डेटा प्याक खरिद गर्ने प्रयोगकर्ताले समान मूल्यमा अल टाइम डेटा प्याकको भन्दा चार गुणा भोल्युम प्राप्त गर्न सक्नेछन् ।
डे डेटा प्याक अन्तर्गत ग्राहकले २ सय ५० मा २ हजार ४ एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै नाइट प्याक अन्तर्गत ग्राहकले २ सय ५० मा ४ हजार ८ सय एमबि डेटाको मजा लिन सक्नेछन् ।