०९ असार २०८३, मंगलबार

‘बाबरी मस्जिद मैले भत्काएको हुँ, फाँसी दिने भए देओ’

कात्तिक २०, २०७४
‘बाबरी मस्जिद मैले भत्काएको हुँ, फाँसी दिने भए देओ’

काठमाडौं, ८ वैशाख — बाबरी मस्जिद भत्काएको विषयमा भारतीय जनता पार्टीका शीर्ष नेताहरूमाथि कारवाहीको आदेश सर्वोच्च अदालतले दिएपछि तरंग आएको छ ।


यस्तोमा भाजपाका पूर्व सांसद तथा रामजन्मभूमि न्यासका सदस्य रामविलास वेदान्तीले विवादास्पद बयान दिएका छन् ।

वेदान्तीले भने, ‘मैले नै मस्जिद भत्काउने आदेश कारसेवकहरूलाई दिएको थिएँ र यसमा अशोक सिंघल र महन्त अवैद्यनाथको पनि हात थियो । मलाई फाँसी दिए हुन्छ, कुनै मतलब छैन ।’

सन् १९९२ को डिसेम्बर ६ मा हजारौंको संख्यामा आएका कारसेवकहरूले अयोध्या पुगेर बाबरी मस्जिदको विवादित संरचना भत्काएका थिए । त्यसपछि भारतभरि साम्प्रदायिक दंगा भएको थियो ।

सर्वोच्चले भाजपाका शीर्ष नेताहरू लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी र उमा भारती समेत १३ जनाविरुद्ध फौजदारी कारवाहीको आदेश दिएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्