०४ साउन २०८३, सोमबार

ज्वरो आएकी महिला क्वारेन्टाइनबाट बच्न बसबाट हाम्फालेर भागिन् (भिडियो)

चैत १८, २०७६
ज्वरो आएकी महिला क्वारेन्टाइनबाट बच्न बसबाट हाम्फालेर भागिन् (भिडियो)

चीनमा एक महिला ज्वरो आएको भए पनि कोरोनाभाइरस क्वारेन्टाइनबाट बच्नका लागि बसबाट हाम्फालेर भागेकी छन् । उनलाई अधिकारीहरूले समातेका छन् । 

ती महिला चिनियाँ नागरिक हुन् र उनी अध्ययनका लागि जर्मनी गएकी थिइन् । त्यहाँ महाव्याधि बढ्ने डर भएपछि उनी घर फर्केकी थिइन् । 

सामाजिक सञ्जालमा आएको भिडियोमा ती महिला बसको झ्यालबाट हाम्फालेको देखिन्छ । बसले विमानस्थलबाट यात्रुहरूलाई आईसोलेसन केन्द्रतिर लगिरहेको थियो । हाम्फाल्ने बित्तिकै उनलाई हाज्मात वस्त्र लगाएका स्वास्थ्य अधिकारीहरूले समातेका थिए । 

चीनमा कोरोनाभाइरस घटेपछि अनि युरोपमा चाहिँ बढेपछि विदेश पढ्न गएका चिनियाँ विद्यार्थीहरू घर फर्किन थालेका छन् । 

यसरी ठूलो संख्यामा बाहिरबाट मानिसहरू आउन थालेपछि देशमा संक्रमणको दोस्रो लहर आउन सक्ने भनी चिनियाँ सरकारी सञ्चारमाध्यमले चेतावनी दिएको छ । 

ती महिला विद्यार्थीको शारीरिक तापक्रम उच्च रहेको पाइएको थियो । उनी जर्मनीको फ्र्यांकफर्टबाट चिनियाँ शहर चिङ्दाओ आएकी थिइन् । 

अन्य यात्रुहरूका साथ मिनीबसमा बसी पनि क्वारेन्टाइन केन्द्रतर्फ जानका लागि कुरिरहेकी थिइन् । 

तर घर जानको हतारोले उनी भाग्न खोजेको मिडियामा आएको छ । पछि उनको कोरोनाभाइरस परीक्षण गर्दा नेगेटिभ पाइयो र उनलाई अनिवार्य आइसोलेसनमा राखियो ।

salt training

कमेन्ट गर्नुहोस्