मंसिर १८, २०८०
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
घटना १ –
गत चैत्र १७ गते काठमाडौंबाट यात्रु बोकेर जनकपुरतर्फ आइरहेको ज१च ७७७ नम्बरको एम्बुलेन्स सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटारमा दुर्घटना भयो ।
एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार ५ जना घाइते भए । देशभर ‘लकडाउन’ जारी रहेका बेला एम्बुलेन्सले बिरामी बोकेर अस्पतालतिर लगिरहेको थिएन । कुनै हतार थिएन तर दुर्घटना भयो ।
सिरहाको मिर्चैया नगरपालिका–३ का सुशिला यादव, संजिवकुमार यादव र धनुषाको सबैला नगरपालिका–४ पटेर्वाका मदनकुमार यादव, अन्जुकुमारी यादव र सबैला–७ का अनिलकुमार यादव दुर्घटनामा घाइते भए । सिन्धुलीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि घाइतेलाई जनकपुरस्थित मिहिलाल इन्टरनेसनल अस्पतालमा भर्ना गरियो ।
अस्पतालका फार्मेसी असिस्टेन्ट विनोदकुमार ठाकुरले भर्ना भएकामध्ये संजिव, सुशीला र अनिललाई चैत्र १८ गते नै डिस्चार्ज गरिएको बताए । मदन र अन्जु अस्पतालमै भर्ना छन् । घाइतेको हातखुट्टा भाँचिएको देखिएकाले भर्ना गरेर उपचार जारी रहेको ठाकुरले बताए ।
एम्बुलेन्स चालक ताहिर नदाफले आफूलाई पनि टाउको र दाहिने कोखमा चोट लागेको बताए । सिन्धुलीमा नै भएको उपचारका क्रममा केही औषधि लेखेर दिएकाले औषधि खाइरहेको उनले बताए । ‘मैले काठमाडौंको गौशालास्थित २ अलग–अलग कोठाबाट सिरहा र धनुषाका २ छुट्टाछुट्टै टोलीलाई उठाएको थिएँ,’ चालक नदाफले लोकान्तरसँग भने, ‘काठमाडौंको एउटा अस्पतालमा ओपीडी जाँच गराएर आफ्नो कोठामा बसिरहेको अवस्थामा बिरामीलाई ल्याउन साहुले भनेपछि गएको थिएँ ।’ जनकपुर फर्किंदा तीब्र गतिमा रहेको र अनियन्त्रित भएर खोलामा खस्न पुगेको उनले बताए । भाडा कति थियो भन्ने कुरा साहुलाई नै थाहा हुने उनले बताए ।
दुर्घटनामा परेका घाइते अनिल यादवले १६ हजार रुपैयाँमा एम्बुलेन्ससँग कुरा भएको बताए । ‘बयोधा अस्पतालमा नशाको शल्यक्रिया गराएर डिस्चार्ज भइ कोठामा बसेको अवस्थामा एम्बुलेन्स खोजेको थिएँ,’ यादवले भने, ‘मैले आफ्नो टोलीको लागि १६ हजार रुपैयाँमा कुरा गरेको थिएँ तर दुर्घटना भएकाले हालसम्म भाडा दिइएको छैन ।’ अर्काे सिरहाको मिर्चैयाको टोलीले पनि त्यतिमा नै कुरा गरेर फर्किरहेको उनले बताए ।
एम्बुलेन्स मिथिला युवा समाजको नाममा दर्ता भएपनि जनकपुरका सुजित पुर्बेले सञ्चालन गर्दै आएका छन् । नेपाल रेडक्रस धनुषाका अध्यक्ष नरेशकुमार सिंहले जनकपुरदेखि काठमाडौं वा काठमाडौंदेखि जनकपुरसम्म १ पटकमा १० हजार ५ सय रुपैयाँ भाडा निर्धारण गरिएको बताए । ‘त्यो भाडाभन्दा बढी रुपैयाँ लिन सकिन्न,’ सिंहले भने, ‘बढी लिएको पाइएमा गैरकानूनी हुने तथा कारबाही समेत हुने प्रावधान छ । एम्बुलेन्समा २ वटा छुट्टाछुट्टै टोलीलाई चढाएर ३२ हजार रुपैयाँमा लिने सहमति गरिएको थियो ।
घटना २ –
धनुषाको मिथिला नगरपालिका–८ जमुनिवासमा यात्रु ओसारपसार गरिरहेको अवस्थामा १ जना एम्बुलेन्स चालकलाई धनुषा प्रहरीले चैत्र १८ गते पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले प्रदेश २–०२–००१च ००८६ नम्बरको एम्बुलेन्समा जनकपुरबाट ८ जना यात्रुलाई सुनसरी लगिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।
चालक मदन मण्डल र एम्बुलेन्स नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
यी घटना प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । धनुषामा ९० वटाजति एम्बुलेन्स सञ्चालनमा रहेको रेडक्रस धनुषाका अध्यक्ष सिंहले बताए । ‘लकडाउन’ हुनुअघिसम्म प्रादेशिक अस्पताल रोड र त्यसको छेउमै रहेको बारहबिघा मैदानमा ३० देखि ४० वटासम्म एम्बुलेन्स जतिबेला पनि पार्क गरेर राख्ने गरिएको हुन्थ्यो तर लकडाउन भएपछि अधिकांश एम्बुलेन्स त्यहाँ देखिँदैनन् ।
चैत्र १८ गते मैदानमा ३ वटा एम्बुलेन्स मात्र रहेका थियो । प्रादेशिक अस्पतालमा भने अस्पताल र रेडक्रसका एम्बुलेन्स थिए । ‘अहिले प्रायःजसो एम्बुलेन्स राजमार्गतर्फ गएको भनेर हामीले सुनेका छौं,’ रेडक्रस अध्यक्ष सिंहले भने, ‘ती एम्बुलेन्स बिरामी बोक्नुको साटो बिरामीको बहानामा धेरै रुपैयाँ लिएर यात्रुको ओसारपसार गरिरहेका छन् ।’
लकडाउनमा फसेका व्यक्तिलाई बिरामीको बहानामा ओसारपसार गर्ने धन्दा बढेको छ । एकातर्फ एम्बुलेन्सको दुरुपयोग गर्दै गैरकानूनी तरिकाले पैसा कमाउनमा लागेका छन् भने अर्कोतर्फ कोरोना भाइरसको संक्रमणको आशंका भएको रोगीले अस्पताल वा क्वारेन्टाइनसम्म पुर्याउन एम्बुलेन्सलाई फोन गर्दा एम्बुलेन्स मान्न तयार भएका छैनन् । बिरामी भएको ठाउँसम्म एम्बुलेन्स पुगेपनि कोरोना सुन्ने वित्तिकै बिरामी छाडेर भाग्छन् ।
जनकपुरका महाशंकर ठाकुरका ३ वटा एम्बुलेन्स सञ्चालनमा छन् । मिथिलाञ्चल विकास केन्द्र र कालिका कृषि सहकारी संस्थाको नामले ज१च १४७४, ज१च १७०८ र प्रदेश २–०–००१८१ नम्बरको एम्बुलेन्स सञ्चालनमा छन् तर उनको एम्बुलेन्सका चालकले अन्य बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन तयार रहेपनि कोरोनाको नाम सुन्ने वित्तिकै चालक डराउने गरेको उनले स्वीकार गरे । ‘मैले सीडीओ सा’पलाई पनि चालकलाई सुरक्षाका लागि सामग्री उपलब्ध गराइदिन भनेका छु,’ ठाकुरले भने, ‘हामी पीपीई किन्न समेत तयार छौं तर आपूर्ति गराइदिनुपर्यो ।’
कतिपय एम्बुलेन्स सञ्चालकले दुरुपयोग गरेका छन् तर बिरामी मात्र ओसारपसार गर्नका लागे चाहिने सामग्री नहुँदा चालकहरू तयार नभएका उनले बताए ।
धनुषामा रेडक्रस धनुषा र प्रादेशिक अस्पताल जनकपुरका एम्बुलेन्सले मात्र कोरोना संक्रमणका शंकास्पद बिरामीलाई अस्पतालको आइसोलेसन वा क्वारेन्टाइनसम्म पुर्याइरहेका रेडक्रसका अध्यक्ष सिंहले बताए । ‘हामीले एम्बुलेन्समा सेफ्टी उपकरण लगाउनुका साथै चालकहरूलाई मास्क, ग्लोभ्स दिएर परिचालन गरेका छौं,’ उनले भने, ‘प्रत्येक बिरामीलाई ओसारपसार गरिसकेपछि एम्बुलेन्सलाई स्यानिटाइजरले छर्कने गरेका छौं ।’
‘एम्बुलेन्समा डिटल, स्प्रे सबै छ । बिरामीलाई अस्पतालमा पुर्याएपछि एम्बुलेन्समा स्प्रे समेत गर्ने गरेका छौं,’ एम्बुलेन्स चालक लक्ष्मी श्रेष्ठले भने । २ दिनमा ५ जनालाई क्वारेन्टाइनबाट अस्पताल र अस्पतालबाट क्वारेन्टाइनमा पुर्याएको उनले बताए ।
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...