३१ असार २०८३, बुधबार

भेनेजुएलाको जनआन्दोलनमा भएको हिंसात्मक दमन [ फोटोफिचर ]

कात्तिक २०, २०७४
 भेनेजुएलाको जनआन्दोलनमा भएको हिंसात्मक दमन [ फोटोफिचर ]

काराकस, ८ बैशाख - भेनेजुएलामा हाल चलिरहेको जनआन्दोलन दबाउने उद्देश्यले सरकारी पक्षबाट भै रहेको हिंसात्मक दमन र जनआन्दोलन बिरुद्ध बिभिन्न प्रदर्शनहरु प्रायोजित भै रहेका छन् ।


भेनेजुएलामा गत दुई हप्तादेखि जनआन्दोलन र सरकार बिरोधी प्रदर्शनले उच्च गति लिई रहेको र सरकारी दमन पनि त्यत्तिकै तीब्र पारिँदै लगिएको छ ।

बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा बाह्य मुलुकहरुले जनआन्दोलन र बिरोध प्रदर्शन तथा सरकारी पक्षको प्रतिरोधात्मक गतिबिधि शान्तिपूर्ण बनाउन आह्वान गरे ता पनि दुबै पक्ष झन् झन् उग्र बन्दै गै रहेकामा सर्वत्र गहिरो चिन्ता ब्यक्त गरिएको छ ।

त्यस्तै, जनआन्दोलनलाई सघाउन भेनेजुएलाको सैनिक संगठनलाई आह्वान गरी असंख्य एसएमएस सन्देश पठाउने मोबाइल फोन सन्चालक कम्पनी मोविस्टारलाई पनि राष्ट्रपति मदुरोले ूसैनिक बिद्रोहू (कू) को आह्वान गरी राष्ट्रबिप्लव गरेको भन्ने आरोप लगाई तत्काल छानबीन गरी कडा से कडा कारबाही गर्ने आदेश दिनु भएको छ ।

त्यस्तै, स्पेनको लगानी रहेको अर्को मोबाइल फोन सन्चालक कम्पनी टेलिफोनिकाले हरेक दुई दुई घण्टामा दशौंलाख मोबाइल सन्देश पठाई सरकार बिरोधी प्रदर्शनको आगोमा घिउ थप्ने काम गरेको भन्दै राष्ट्रपति मदुरोले उक्त कम्पनीलाई पनि हदैसम्मको कारबाही गर्ने आदेश दिनु भएको छ ।

 आन्दोलनकारीहरु तथा बिपक्षी दलहरुलाई राष्ट्रपति मदुरोले राष्ट्रिय सेनालाई भड्काई सैनिक बिद्रोहको तयारी गराउने देशद्रोही वा आततायी तत्वहरु भन्ने आरोप लगाउँदै आउनु भएको छ ।

भेनेजुएला जनआन्दोलनको क्रममा गत बुधबारको बिशाल जनप्रदर्शन र सरकारी दमनमा कम्तीमा तीनजना आन्दोलनकारीको मृत्यु भैसकेको छ ।

यता, जनरल मोटर्सको कारखाना बन्द गराई उसका सम्पत्ति जफत गर्ने आदेशबाट अमेरिकी सरकार रुष्ट भएको छ ।

विगतका पैँतीसबर्षदेखि मोटर उत्पादन गरी अर्बौँ डलर रजश्व बुझाउँदै भेनेजुएलाको अर्थतन्त्रमा योगदान दिँदै आएको कम्पनीलाई बन्द गरी सम्पत्ति समेत जफत गर्ने राष्ट्रपति मदुरोको यो के बौलट्टीपना हो भन्दै अमेरिकी बिदेश मन्त्रालयका अधिकारी मार्क टोनरले आक्रोश पोखेका छन् । रासस /एपी

salt training

कमेन्ट गर्नुहोस्