
कोरोना भाइरसका कारण विश्व नै संकटमा छ। कयौँ देशले लकडाउन गरेका छन्।
एउटा देशले नयाँ योजना सार्वजनिक गरेको छ। यो योजनाबाट आवासविहीन मान्छे जो सडकमा सुत्थे, उनीहरुलाई ५ स्टार होटलमा राखिने भएको छ।
आवासविहीनलाई कोरोना भाइरसबाट बचाउन पश्चिम अस्ट्रेलियाली सरकारले यस्तो घोषणा गरेको हो। सडकमा सुत्नेलाई एक महिनासम्म ५ स्टार होटलमा राख्ने योजना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अस्ट्रेलिया सरकारलेयो प्रोजेक्टलाई होटल्स विद हार्ट नाम दिएको छ। यस क्रममा सरकार त्यस्ता मान्छे खोज्ने छ, जो आइसोलेट गर्न सक्दैनन्। यस बाहेक घरेलु हिंसाको शिकार महिला र मानसिक सन्तुलन गुमाएकालाई पनि समावेश गरिनेछ।
अस्ट्रेलिया सरकारले एक टास्क फोर्स गठन गरेको छ। यो प्रोजेक्टको माध्यमबाट स्वास्थ सेवामा पर्ने दबाव कम हुने त्यहाँको सरकारको विश्वास छ।