११ असार २०८३, बिहीबार

संविधान संशोधन विना नेपालमा स्थानीय चुनाव गर्न नहुने भन्दै बेलायती संसदमा प्रस्ताव दर्ता

कात्तिक २०, २०७४
संविधान संशोधन विना नेपालमा स्थानीय चुनाव गर्न नहुने भन्दै बेलायती संसदमा प्रस्ताव दर्ता
काठमाडौं, ८ वैशाख – नेपालमा संविधान संशोधन पछिमात्र स्थानीय चुनाव गर्नुपर्ने भन्दै बेलायतको संसदमा प्रस्ताव दर्ता भएको छ । लेबर पार्टीकी सांसद एन् क्लाउडीले नेपालको तराइमा निर्वाचनको वातावरण बनिनसकेको भन्दै संविधान संशोधन पछिमात्र चुनाव गर्नुपर्ने जिकीर सहित प्रस्ताव दर्ता गरेकी हुन् ।

‘स्थानीय तहको चुनाव अगाडि नै संविधान संशोधन पास नभए तराई क्षेत्रका रुपमा चिनिने नेपालको क्षेत्रका मधेशी समुदाय अझै पनि सिमान्तकृतकै रुपमा रहने छन्,’ प्रस्तावमा भनिएको छ ।

नेपालको कुल जनसंख्यामा ३३ प्रतिशत हिस्सा ओगटे पनि १२ प्रतिशत मधेशीमात्र सरकारी सेवामा कार्यरत् रहेको उनको दावी छ ।

‘हालैका दिनमा तराइ क्षेत्रमा भइरहेका मानवअधिकार उल्लङ्घनका घटना, सुरक्षा बलद्वारा गरिएको अत्याधिक बल प्रयोग, आन्दोलनकारीमाथि गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको र अन्य कैयौं घाईते भएको छ । यस्तो गतिविधि चिन्ताजनक छ’ प्रस्तावमा भनिएको छ ।

दुई दशकपपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई सुदृढिकरण र अव हुने प्रादेशीक तथा राष्ट्रिय निर्वाचनलाई सहज बाटो खोल्ने उनको दाबी छ ।

‘तर, हालैका दिनमा तराईमा भएका घटनाको स्वच्छ अनुसन्धान र सबैलाई समेट्ने गरी समावेशी रुपमा संविधान संशोधन बिना निर्वाचनले स्थायीत्व दिदैन’ उनको दावी छ ।

राजनीतिक अभियान र शान्तिपूर्ण रुपमा आफ्ना अभियान संचालन गर्न पाउने अधिकारमाथि बन्देज लगाउनेगरी सुरक्षा संयन्त्रद्वारा गरिएको दमन अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डका हिसावमा जायज नभएको दावी प्रस्तावमा गरिएको छ ।

नेपालको तराई क्षेत्रमा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग गरी मानव अधिकारको हनन भइरहेको उनले प्रस्तावमा उल्लेख गरेकी छन् ।
अधिवक्ता दीपेन्द्र झा लगायत मधेसी अधिकारकर्मीले बेलायती सांसदलाई भेटगरी मधेसमा मानव अधिकार हनन् भएको विषय उठाइदिन आग्रह गरेको र त्यसकै फलस्वरुप वेलायतको संसदमा यस्तो प्रस्ताव पेश भएको हुन सक्ने स्रोतको दाबी छ । अधिवक्ता झाले आज वेलायती संसदमा उक्त प्रस्ताव पेश भएको जानकारी सहितको ट्वीट सबैभन्दा पहिला गरेका थिए ।
                                                 ट्वीटको स्क्रीन सट । 


आज पेश भएको प्रस्ताव ११६५ माथि बेलायती संसदमा छलफलको समय भने तोकिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्