
बिहीवार देशभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले मौसममा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीवार दिउँसो देशका पहाडी भूभागमा आँशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ।
बिहीवार राती पनि देशका पहाडी भूभागमा आँशिक बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ । गएराती काठमाडौं, ललितपुर लगायतका केही भूभागमा पानी परेको थियो ।