०४ साउन २०८३, सोमबार

नेपालमा ११ सय ४५ जनामा कोरोना परीक्षण, ११ सय ४० मा देखिएन संक्रमण

नेपालमा ११ सय ४५ जनामा कोरोना परीक्षण, ११ सय ४० मा देखिएन संक्रमण

विश्वव्यापी महामारीको रूप धारण गरेको कोरोनाभाइरस (कोभिड– १९) को आशंकामा नेपालमा १ हजार १ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ५ जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीवारसम्म गरिएका परीक्षणमा १ हजार १ सय ४० जनामा भने संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमण पुष्टि भएकामध्ये एक जनालाई निको भइसकेको छ भने ४ जनालाई आइसोलेसनमा राखिएको मन्त्रालयले वेवसाइटमा राखेको विवरणमा उल्लेख छ ।

सरकारले कोरोना संक्रणको आशंका लागेका बिरामीको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएको जनाएको छ । 

गत डिसेम्बरको अन्तिममा चीनको वुहानबाट शुरू भएको कोरोनाका कारण बिहीवारसम्ममा विश्वभरमा ४७ हजार २ सय ४९ जनाको मृत्यु भइसकेको छ । 

९ लाख ३६ हजार १ सय ७० जनामा संक्रमण देखिएको छ भने १ लाख ९४ हजार ५ सय ७८ जनालाई निको भएको छ । 

अमेरिकामा सबभन्दा धेरै २ लाख १५ हजार ३ सय जनामा संक्रमण देखिएको छ भने ५ हजार १ सय १० जनाको मृत्यु भएको छ । अमेरिका पछि दोस्रोमा इटाली, तेस्रोमा स्पेनमा संक्रममित देखिएका छन ।
 

salt training

कमेन्ट गर्नुहोस्