२५ जेठ २०८३, सोमबार

अस्ट्रेलियामा कोरोनाभाइरसको खोप बनाउनका लागि परीक्षण गरिँदै

चैत २०, २०७६
अस्ट्रेलियामा कोरोनाभाइरसको खोप बनाउनका लागि परीक्षण गरिँदै

अस्ट्रेलियाका वैज्ञानिकहरू कोरोनाभाइरस निको पार्ने दुईवटा सम्भावित खोपको परीक्षण गरिरहेका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार, अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फर्मास्युटिकल्सले बनाएका खोप जनावरमाथि सफल परीक्षण गरिसकेका छन् । 

खोप मानिसहरूमाथि परीक्षण गरेर सफल भएको पाइएमा अस्ट्रेलियाको साइन्स एजेन्सीले त्यसको थप मूल्यांकन गर्नेछ । 

अहिले संसारभरि कोरोनाभाइरसका खोप विकसित गर्नका लागि काम चलिरहेको छ । तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक यान्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनका अनुसार, यो परीक्षण जनावरहरूमा परीक्षण गरिसकिएको प्रिक्लिनिक ट्रायल हुनेछ । 

संसारभरिबाट सहयोग पाइएकाले यस चरणसम्म आफूहरू तीव्र गतिमा आइपुगेको शोधकर्ताहरूको भनाइ छ । 

संसारभरि अहिले २० वटा खोपको परीक्षण चलिरहेको छ । 

वैज्ञानिकहरूका अनुसार, जनावरमाथि गरिने परीक्षणको परिणाम जुन महिनाको शुरूआतमा आउनेछन् । 

परिणाम सही आए भने खोपलाई क्लिनिकल परीक्षणका लागि पठाइनेछ । त्यसपछि त्यसलाई तीव्र गतिमा बजारमा ल्याइनेछ । तर विशेषज्ञहरूले यसमा हतार गर्न नहुने र कम्तीमा डेढ वर्ष यसका लागि छुट्ट्याउनुपर्ने चेतावनी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्