
चलचित्र बाहुबलीका चर्चित पात्र सत्यराज अर्थात कटप्पाले माफी मागेका छन् । उनले आठ वर्ष पहिले कावेरी विवादलाई दिएर दिएको आफ्नो अभिव्यक्तिलाई लिएर माफि मागेका हुन् ।
सत्यराज फिल्म बाहुबलीमा कटप्पाको भूमिकाले गर्दा निकै चर्चामा आएका छन् ।
बाहुबलीको सिक्वेल फिल्म बाहुबली २ रिलिज हुने तयारीमा छ र कर्नाटकमा यो फिल्म रिलिज हुन नदिने धम्की आएको छ ।
कर्नाटक रक्ष्णा वेदिक नामक संगठनले पूरै राज्यमा यसको विरुद्ध प्रदर्शन गरेको छ ।

आन्दोलनकारीले सत्यराज(कटप्पा) ले कर्नाटक तामिलनाडुबीच पानीको बाडफाँडमा कन्नइ समर्थक कार्यकर्ता विरुद्ध अपमानजनक टिप्पणी गरेका थिए ।
यसमा कटप्पाले आफ्नो मौनता तोड्दै माफी मागेका छन् र उनले कर्नाटकका मानिसको भावनामा ठेस पुर्याउने सोच समेत राख्न नसक्ने बताएका छन् ।
उनले उनका कारण मुस्किलको सामना गरिरहेका फिल्म राजमौलीसँग पनि माफी मागेका छन् ।
एस एस राजमौलीले बाहुबलीको निर्देशन गरेका थिए । उनी तेलुगू फिल्मका चर्चित फिल्म निर्देशक तथा स्क्रीन राइटर हुन् ।
फिल्म बाहुबली -२ , २८ अप्रिलमा रिलीज हुँदै छ ।