काठमाडौं, ९ वैशाख– कहेी महिना अगाडि चार/पाँच जना नेपाली युवक साउदी अरबमा बेचिएको भन्दै उनीहरुका आफन्त महानगरीय प्रहरी परिसर काठमाडौं कार्यालयमा पुगे । पहरीले युवक बेचिएको उजुरीप्रति आश्चर्य मान्दै ‘नचाहिने कुरा पुरुष पनि बेचन्छि र ?’ भन्दै उजुरी लिन अस्वीकार गर्यो । उजुरी सुन्ने ती प्रहरी अधिकारीले हाँस्दै भने, ‘पुरुष हैन होला बेचिने त महिला पो हुन् त !’
त्यहाँ आफ्ना कुरा सुनुवाई नभएपछि युवकका आफन्तहरु नजिकै रहेको महानगरीय प्रहरी अपराध महाशाखाको वैदेशिक रोजगार तथा मानव बेचबिखन पिलरमा पुगे । महाशाखाले उनीहरुको उजुरी स्वीकारेर कारबाही अगाडि बढायो । उजुरी आएको महिना दिन नपुग्दै महाशाखाले बेचिएका भनिएका सबै युवालाई उद्दार गरेर काठमाडौं ल्याई पुर्यायो ।
वैदेशिक रोजगार तथा मानव बेचबिखन पिलरमा कार्यरत प्रहरी नायव निरीक्षक राजेश पन्थी मानव बेचिबिखनप्रति बुझाइ नै गत भएका कारण पुरुष बेचिँदैनन् भन्ने भ्रम रहेको बताउँछन् ।
राम्रो काम र आकर्षक तलबको लोभ देखाइ म्यानपावर कम्पनी तथा दलालहरुले युवालाई बैदेशिक रोजगारीमा पठाउँछन् । त्यहाँ पुगेपछि उनीहरुले भनिएजस्तो काम र तलब पाउँदैनन् । किनकी उनीहरुलाई बिक्री गरिएको हुन्छ । आजको गोरखापत्रमा समाचार छ ।