२४ जेठ २०८३, आइतबार

आफ्नै स्याटलाइटको तयारीमा नेपाल

कात्तिक २०, २०७४
आफ्नै स्याटलाइटको तयारीमा नेपाल


काठमाडौँ, ७ पुस - अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापनाको सम्भावना बढेको छ । करिब ३५ वर्ष अघिदेखिको प्रयास साकार हुने देखिएको छ । स्याटलाइट स्थापनाका लागि विश्वका ख्यातिप्राप्त कम्पनीले आशयपत्र पेस गरेकाले यो काम अगाडि बढ्ने भएको हो ।satelite
नेपालको आफ्नै स्याटेलाइट नहुँदा सरकारी सूचनाको गोपनीयता चुहावट हुनसक्ने खतरा थियो भने बर्सेनी चार अर्बभन्दा बढी रुपियाँ भाडामा स्याटेलाइट व्यान्डविथ प्रयोग गरेबापत खर्चनु परिरहेको थियो, आजको गोरखापत्रमा खबर छ ।
नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हाल नेपालले प्रयोग गर्दै आएको भाडावाला अन्तर्राष्ट्रिय व्यान्डवीथ र स्याटेलाइटले सरकारका सूचना र गोपनीयतामा असर पर्ने कुरा बताए ।
नेपाल दूर सञ्चार प्राधिकरणले स्याटलाइट व्यवस्थापनका लागि आह्वान गरेको नेपालको अन्तरिक्षमा आफ्नै स्याटेलाइट राख्ने प्रक्रियाका लागि विश्वका प्रसिद्ध २० वटा कम्पनी इच्छुक देखिएका छन् । अन्तरिक्षमा स्याटेलाइट राख्ने विषयमा नेपाल दूर सञ्चार प्राधिकरणले आह्वान गरेको आशयपत्र पेस गर्ने बुधबार (पुस ६ गते) अन्तिम दिन हो ।

प्राधिकरणले स्याटलाइट स्थापना र सञ्चालन गर्ने मोडालिटी, खर्च र कानुनी तथा व्यावहारिक पक्षको सुझाव समेटिएको प्रस्तावमा चीनको ग्रेटवाल चाइना र एरो स्पेस, भारतको अन्तरिक्ष (आईएसआरओ), जापानको जे स्याट, कोरियाको के स्याट, फ्रान्सको इयु टेल स्याट, अमेरिकाको इन्टेल स्याट, क्यानडाको टेलिसा, अमेरिकाको स्पेस सिस्टम लिमिटेड, थाइल्यान्डको थाइकम र लक्जेम्बर्गको एसइएसलगायतका अन्तर्राष्ट्रिय कम्पनीले आशयपत्र पेस गरेको जानकारी दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्