१५ असार २०८३, सोमबार

फोक्सोको रोग लागेका ६ वर्षीय बालकले जिते कोरोनालाई (भिडियो)

चैत २३, २०७६
फोक्सोको रोग लागेका ६ वर्षीय बालकले जिते कोरोनालाई (भिडियो)

कोरोनाको कहर संसारभरि फैलिँदै जाँदा मानिस मरेको र बिरामी भएको खबरको बाढी छ । तर यदाकदा सकारात्मक खबरहरू पनि आइरहेका छन् । 

अमेरिकामा ६ वर्षीय एक बालक कोरोनालाई हराएको घर फर्केका छन् । 

विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, अमेरिकाको टेनेसीमा बस्ने ६ वर्षीय जोसेफ बोसैनलाई सिस्टिक फाइब्रोसिस नामक फोक्सोसम्बन्धी रोग छ । उनलाई कोरोनाभाइरसले पनि आक्रमण गरेको थियो तर उनले त्यसलाई हराए । जोसेफ आफूलाई योद्धा भन्न रुचाउँछन् । 

जोसेफकी आमाले फेसबूकमा उसको भिडियो पोस्ट गरेकी छन् । त्यसमा ऊ परिवार र साथीभाइलाई धन्यवाद भनिरहेको र आफूलाई कार्ड, उपहार तथा शुभकामना पठाउनेका बारेमा कुरा गरिरहेको पनि देखिन्छ । 

जोसेफकी आमाले बताएअनुसार, मार्च १९ मा उसलाई कोरोना लागेको थाहा भयो । शुरूमा उसलाई खोकी र रुघा लाग्यो । उसलाई क्लार्क्सभिलमा रहेको मोनरो क्यारोल जुनियर बाल अस्पताल लगियो । त्यहाँ कोरोनाको लक्षण देखिएपछि उसको उपचार शुरू गरियो । 

जोसेफलाई उपचारले बिस्तारै ठीक गर्दै गयो । लक्षण हटेपछि पनि दुई हप्तासम्म ऊ घरमा आइसोलेसनमा बस्यो । 

जोसेफले भिडियोमा भनेका छन्, ‘म सिस्टिक फाइब्रोसिस योद्धा हुँ र मैले कोभिड–१९ लाई हराएको छु ।’
 

salt training

कमेन्ट गर्नुहोस्