०४ असार २०८३, बिहीबार

कोराना कहर : लकडाउनमा भोकै बस्नुपर्दा महिलाहरूले कुकुरबाट खोसे रोटी

चैत २३, २०७६
कोराना कहर : लकडाउनमा भोकै बस्नुपर्दा महिलाहरूले कुकुरबाट खोसे रोटी

कोरोनाभाइरसको संक्रमण फैलिन नदिनका लागि भारतमा २१ दिनको लकडाउन घोषणा गरिएपछि मानिसहरू घरैमा बन्द भएका छन् । 

तर ज्यालादारी मजदूरहरूलाई यसले गाह्रो पारेको छ र उनीहरू खान नपाएर भोकभोकै पर्न थालेका छन् ।

यसैबीच बिहारको भागलपुरमा भोकले आकुल भएका महिलाको कारुणिक कथा सार्वजनिक भएको छ । 

सडकको किनारमा रोटीको एक टुक्रा खसेकोमा एउटा कुकुर त्यो खान आइपुग्छ । कुकुर त्यहाँ पुग्दा दुई महिला पनि पुग्छन् र कुकुरलाई भगाएर रोटीको टुक्रा उठाउँछन् । 

घटना सीसीटीभी क्यामरामा कैद भएको छ । 

गरीबहरूलाई भोजनको संकट आइपरेकाले सडकमा फ्याँकेको खाना पनि उठाउनुपर्ने बाध्यता आइलागेको छ । 

भागलपुरमै भोकमरीको अर्को कारुणिक घटना पनि सार्वजनिक भएको छ । तीन अनाथ दिदीबहिनीले पेटको ज्वाला शान्त पार्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पुकारा गरेका छन् । 

ती तीन दिदीबहिनी अरूको घरमा काम गरेर पेट पाल्ने गर्थे । लकडाउनका कारण उनीहरू काममा जान पाएनन् र भोकमरीको स्थितिमा पुगे । 

उनीहरूलाई कसले सहायता गर्ला भन्ने पनि थाहा भउन । त्यसैबीच उनीहरूले पत्रिकामा प्रधानमन्त्री कार्यालयको नम्बर देखे । जेठी दिदी गीताले त्यस नम्बरमा फोन गरेर अधिकारीहरूलाई आफू तीन दिनदेखि भोकै रहेको जानकारी दिए । 

त्यसपछि प्रधानमन्त्री कार्यालयले स्थानीय प्रशासनलाई फोन गर्‍यो । अनि भागलपुरका अधिकारीहरू खाना र पानी लिएर दिदीबहिनी बस्ने ठाउँतिर दौडिए ।

salt training

कमेन्ट गर्नुहोस्