१७ असार २०८३, बुधबार

स्वास्थ्य सामग्री जिटुजीबाट खरिद गर्ने सरकारको निर्णय

स्वास्थ्य सामग्री जिटुजीबाट खरिद गर्ने सरकारको निर्णय
File Photo

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदका लागि २ वटा विकल्प तय गरेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले स्वास्थ्य सामग्री जीटुजी (सरकार-सरकारमार्फत) र निजी क्षेत्रबाट खुला प्रतिस्पर्धामार्फत् खरिद गर्ने निर्णय गरेको हो।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भने, ‘औषधि, उपकरण र स्वास्थ्य सामग्रीको खरिद जिटुजीबाट पनि खरिद गर्न सक्ने र प्रतिस्पर्धात्मक आधारमा पनि निजी क्षेत्रबाट खरिद गर्न सकिने दुबै विकल्पलाई सँगसँगै अगाडि बढाउने निर्णय भएको छ।’

salt training

कमेन्ट गर्नुहोस्