२५ जेठ २०८३, सोमबार

पोखरामा २ सय मुस्ताङ्गे अलपत्र

चैत २५, २०७६
पोखरामा २ सय मुस्ताङ्गे अलपत्र

चिसो छल्न  र व्यापार गर्न हिउँदमा पोखरा, काठमाडौँ र तराई झरेका २०० मुस्ताङ्गेहरू हाल पोखरामा अलपत्र परेका छन् । उपल्लो मुस्ताङका स्थानीवासी छ महिना घरमै बस्छन् । बाँकी छ महिना चिसो छल्न बेँसी झर्छन् ।
 
अलपत्र परेकामध्ये उपल्लो मुस्ताङ लोमानथाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको स्थानीयवासी रहेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए। उनीहरू कोही आफ्नै घरमा त कोही आफन्तको घरमा रहेको अर्यालले बताए।

गाउँमा खेती रोप्ने समय आइसकेको हुनाले पोखरामा अलपत्र रूपमा बस्दा यस वर्षको बाली बाँझो रहने चिन्ता गर्नुहुन्छ थासाङ गाउँपालिका–२ नाउरीकोटका ७२ वर्षकी भीमकुमारी गौचन । उनका अनुसार यो बेला बीउ छर्न बेला हो, बाली लगाउन नपाए वर्षभरि खेत बाँझो रहने बताउनुभयो । मुस्ताङको धेरै भेगमा वर्षमा एक बाली र केही क्षेत्रमा दुई बाली मात्र हुने गर्छन् ।
 
नेपालमा कोरोना भाइरसको उच्च जोखिम देखाउँदै सरकारले पटक–पटक लकडाउन बढाउनाले उनीहरू बेलैमा गाउँ फर्काउन नसकेको मुस्ताङका सङ्घीय सांसद् प्रेमप्रसाद तुलाचनले जनाकारी दिए। 
 

salt training

कमेन्ट गर्नुहोस्