०९ असार २०८३, मंगलबार

मुक्तिनाथ बस दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुल्यो

कात्तिक २०, २०७४
मुक्तिनाथ बस दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुल्यो

मुस्ताङ, ९ वैशाख–  मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर दर्शन गरेर सदरमुकाम जोमसोमतर्फ आउँदै गरेको तीर्थयात्री सवार नाम ५ ख ६०६७ नम्बरको बस मुस्ताङको कागवेनीमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा काठमाडौं कोटेश्वर बस्ने भोला अधिकारी, काठमाडौं बानेश्वरका पुरुषोत्तम ढकाल र भक्तपुरकी लीला खड्का छन् ।

दुर्घटनाम २० जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्