०९ असार २०८३, मंगलबार

अनौठो मन्दिरः भूत भगाउन महिलालाई जुत्ताले पानी उभाएर खुवाउन लगाइन्छ

कात्तिक २०, २०७४
अनौठो मन्दिरः भूत भगाउन महिलालाई जुत्ताले पानी उभाएर खुवाउन लगाइन्छ

भारतको राजस्थानको दक्षिणी शहर भीलवाडाको बनकाया मन्दिरमा प्रत्येक हप्ता वरिपरिका गाउँबाट सयौं महिलाहरूलाई भेला पारेर भूत भगाउने गरेको भेटिएको छ ।

भूत चढेको भनी यी महिलाहरूलाई एक मन्दिरमा अमानवीय यातना दिने गरिएको छ ।

झारफुक गर्ने मन्दिरका पुजारीले महिलाहरूको भूत हटाउनका लागि अनेकौं क्रूरता देखाउने गरेका छन् ।

महिलाहरूलाई टाउकोमा जुत्ता राखेर तातो घाममा लामो दूरी हिँड्न लगाइन्छ । जुत्ता पनि एकदम घिनलाग्दो हुने गर्छ । अझ महिलाहरू यस्तो फोहरी जुत्ता मुखले च्यापेर ल्याउँछन् अनि मन्दिरमा आएर त्यसबाटै पानी उबाएर पिउँछन् । जुन महिलालाई भूतप्रेतको धेरै समस्या हुन्छ, उसलाई झन् बढी यातना दिने गरिएको छ ।

भूत उतार्नका लागि उनीहरूलाई सिँढीमा क्रूरतापूर्वक घिसार्ने गरिएको छ । भूत चढेको भनिएका महिलाहरू प्रायः मानसिक रोगी हुन्छन् तर उनीहरूलाई मानसिक अस्पताल लानुको साटो अन्धविश्वासमा परेर अनेकौं अमानवीय व्यवहार गरिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्