१६ असार २०८३, मंगलबार

बाहिरबाट आएका संक्रमित व्यक्तिका कारण चीनमा भाइरस संक्रमणको दोस्रो लहरको खतरा

चैत २६, २०७६
बाहिरबाट आएका संक्रमित व्यक्तिका कारण चीनमा भाइरस संक्रमणको दोस्रो लहरको खतरा

चीनमा बाहिरबाट आएका मानिसको संक्रमण ह्वात्तै बढेर ९५१ पुगेपछि सीमामा कडीकडाउ गर्न थालिएको छ । यससँगै लक्षण नदेखिने केसहरू पनि बढेकाले कोरोनाभाइरस संक्रमणको दोस्रो लहर आउने डर पनि बढेको छ । 

चीनमा संक्रमण फैलिन नदिन कडा उपायहरू अपनाइएको भए पनि बाहिरका देशबाट घर फर्केका चिनियाँहरू संक्रमित पाइएका छन् । 

बेइजिङका एक अधिकारीले शहरमा कोरोनाभाइरस महामारी नियन्त्रणका उपाय लामो समयसम्म जारी रहने चेतावनी दिए । 

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले संक्रमण फैलिएका विभिन्न देशमा रहेका चिनियाँ नागरिकलाई चीनमा ल्याइएको र तीमध्ये ९५१ मा संक्रमण भेटिएको जानकारी दिए । 

चीनमा बाहिरबाट आएको संक्रमणको केस बढिरहेको र यसले दबाब दिएको उनको भनाइ छ ।

अहिले चीनले कुनै पनि विदेशीलाई मुलुक प्रवेश गर्न दिएको छैन र बाहिर बस्ने चिनियाँहरूलाई मात्र ल्याइरहेको छ । 

तर लक्षण नदेखिएका वाहकका कारण भाइरस संक्रमण फर्कने डर भने बढेर गएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्