
राष्ट्रिय जनता पार्टी (राजपा) की संघीय सांसद चन्दा चौधरीले महोत्तरीका विपन्न परिवारलाई राहत वितरण गरेकी छन्।
कोरोना भाइरस रोकथामका लागि मुलुक लकडाउनमा रहेका बेला मजदुरी गरेर खाने विपन्न वर्ग सबैभन्दा बढी मारेमा परेका बेला सांसद चौधरीले आफ्नो व्यक्तिगत तर्फबाट महोत्तरी क्षेत्र नम्बर ३ मा १ सय ५० दलित समुदाय (मुसहर र चमार) राहत दिएकी हुन्।
मटिहानी नगरपालिका वडा नम्बर ४ र ५ का माझौरा र विषणपुर मा ७५ घर मुसहर र चमार तथा जलेश्वर नगरपालिका ३ मलिवारको खैरा टोलका ७५ घर मुसहरलाई राहत स्वरुप खाद्यान्न प्रदान गरिएको छ।
उनीहरुलाई चामल १० किलो, प्याज २ किलो, आलु २ किलो, खानेतेल १ लिटर, दाल २ किलो, नुन १ किलो र च्युरा २ किलोको प्याकेज बनाएर दिइएको सांसद चौधरीले बताइन्। उनले भनिन्, ‘धेरै विपन्न अझै राहतको पर्खाइमा छन्। सहयोगलाई निरन्तरता दिनेछु।’
