०७ असार २०८३, आइतबार

कोरोनाभाइरस चरममा पुगेकोले लकडाउन खुकुलो बनाउने स्पेनी प्रधानमन्त्रीको भनाइ

चैत २७, २०७६
कोरोनाभाइरस चरममा पुगेकोले लकडाउन खुकुलो बनाउने स्पेनी प्रधानमन्त्रीको भनाइ

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा लगाइएको लकडाउनलाई क्रमशः घटाउँदै लाने प्रक्रिया छिट्टै शुरू गर्ने बिहीवार बताएका छन् । उनले देशको संसद्लाई संकटकाल अप्रिल २६ सम्म बढाउने आफ्नो प्रस्तावलाई अनुमति दिन पनि अनुरोध गरेका छन् । 

‘हामीहरू चरममा पुगेका छौं र अब नियन्त्रणहरू खुकुलो बनाउँदै लग्नुपर्छ,’ सान्चेजले लगभग रित्तो संसद्लाई सम्बोधन गर्दै भने । 

तर जनजीवन सामान्य हुन अझै निकै समय लाग्ने उनले बताए । सामान्य गतिविधिहरू पुनः सुचारु गर्ने काम चरणबद्ध रूपमा मात्र हुने उनको भनाइ छ । 

युरोपले यस संकटको क्षणमा मुन्टो फर्काउन नहुने उनले बताए । संकटको सामना गर्नका लागि युरोपेलीहरू एक हुनुपर्ने उनको भनाइ छ । ‘भाइरसविरुद्ध एक्यबद्ध नभइएमा युरोपेली संघ खतरामा पर्न सक्छ,’ उनले भने । 

विपक्षी सांसदहरूलाई उनले देशलाई एक किसिमको सामान्य स्थितिमा फर्काउनका लागि एउटा योजनामा काम गरिरहेको उनले सन्देश दिए । तर आफूहरू कस्तो सामान्य अवस्थामा फर्किने हो भन्ने केही थाहा हुन नसकेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्