३१ जेठ २०८३, आइतबार

मधेसी मोर्चासँग सरकारले सहमति गरेपछि एमाले आगो

कात्तिक २०, २०७४
मधेसी मोर्चासँग सरकारले सहमति गरेपछि एमाले आगो
काठमाडौँ, १० बैशाख -सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । शुक्रबार दुई चरण र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा ६ घन्टा बसेको दुई पक्षको बैठकले ३१ वैशाख र जेठमा गरी दुई चरणमा निर्वाचन गर्ने सहमति गरेको हो । संसद्मा विचाराधीन संशोधन विधेयक परिमार्जनसहित सात दिनभित्र पारित गर्ने सहमति दुई पक्षबीच भएको छ तर नेकपा एमाले भने सो सहमतिपछि आक्रोशित बनेको खबर आजको छापिएको छ ।subash-nembang
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सहमति पछि सो पत्रिकालाई कडा प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्-हामीलाई सहमति भयो भन्ने पनि थाहा छैन । केमा सहमति भयो भन्ने पनि थाहा छैन, कुनै जानकारी पनि दिइएको छैन । देश चुनावमा छ । चुनाव सार्ने, चुनाव चरणबद्ध रूपमा गर्ने विषयमा दलहरूसँग सल्लाह भएको छैन । निर्वाचन आयोगसँग सल्लाह भएको छैन, उसले दलहरूसँग कुरा गरेको छैन । यस्तो गैरजिम्मेवारपूर्ण कुराको हामीले के उत्तर दिने ?

salt training

कमेन्ट गर्नुहोस्