०४ असार २०८३, बिहीबार

दैलोमै राहत, स्थानीय खुशी

दैलोमै राहत, स्थानीय खुशी
फाइल तश्वीर

बागलुङ नगरपालिका–८ सिगानाकी ६५ वर्षीया ठुलीकान्छी नेपाली वडा कार्यालयमार्फत घरमै राहतस्वरुप चामल, दाल, नुन, तेल र साबुन पाउँदा दङ्ग परिन्।

उनले भनिन्, “घरमै यसरी राहत आउला भन्ने लागेकै थिएन”, बुढेसकाल लागिसकेकी नेपालीले वडा कार्यालयले राहत दिने सूचना पाए पनि एक घण्टा पैदलमार्फत रहात लिन वडामा पुग्न नसक्ने अवस्थामा थिइन् । वडा कार्यालयले विपन्न तथा ज्याला मजदुरी गर्नेहरुका लागि लकडाउनका कारण हातमुख जोर्न निकै सकस भएको भन्दै बागलुङ जिल्लाका स्थानीय तहले धमाधम राहत वितरण गर्न थालेका छन् । 

लकडाउनबाट प्रभावित विपन्न परिवारलाई वडा कार्यालय सिगानाले नगरपालिका र वडा कार्यालयको संयुक्त कोरोना नियन्त्रण तथा राहत कोषको  रकमबाट हालसम्म सिगानाका नेपालीजस्ता ८५ विपन्नको घरमै राहत पुर्‍याएको वडाध्यक्ष राजन जिसीले जानकारी दिए । 

बागलुङ नगरपालिकाकाले कोरोना नियन्त्रण तथा राहतका लागि रु ५० लाखको कोष स्थापना गरेर पायक पर्ने स्थान तथा घरमै राहत वितरण गरेको छ । नगरप्रमुख जनकराज पौडेलका अनुसार नगरपालिकाका १४ वडामा हालसम्म एक हजार ५७० विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गरिसकेको छ ।  खेमराज गौतम,रासस

salt training

कमेन्ट गर्नुहोस्