१६ असार २०८३, मंगलबार

उत्तरी ध्रुवको ओजोन तहमा पर्‍यो ठूलो प्वाल, वैज्ञानिक चकित

चैत २८, २०७६
उत्तरी ध्रुवको ओजोन तहमा पर्‍यो ठूलो प्वाल, वैज्ञानिक चकित

पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमाथि ओजोन तह छ । कोरोनाभाइरस महाव्याधिका कारण लगाइएको लकडाउनले गर्दा दक्षिणी ध्रुवमाथि ओजोन तहको प्वाल भरिएको छ तर उत्तरी ध्रुवमा चाहिँ ठूलो प्वाल परेको छ । 

वैज्ञानिकहरूले इतिहासमै यो सबभन्दा ठूलो प्वाल भएको बताएका छन् । 

उत्तरी ध्रुवभन्दा निकै माथि स्ट्रोटोस्फेयरमा बनेका बादलहरूका कारण ओजोन तह पातलो हुँदै गएको छ ।

स्ट्रेटोस्फियरमा बादलहरू, क्लोरोफ्लुओरोकार्बन र हाइड्रोक्लोरोफ्लुओरोकार्बनको मात्रा बढेको छ । सूर्यको परावैजनी किरण त्यसमा ठोकिएपछि क्लोरिन र ब्रोमिनका अणुहरू निस्कन्छन् । तिनै अणुले ओजोन तहलाई पातलो बनाइरहेका हुन् । त्यसैले त्यहाँ ठूलो प्वाल बनेको हो । 

स्ट्रेटोस्फियरको पत्र पृथ्वीभन्दा १० देखि ५० किलोमिटर माथि हुन्छ । पृथ्वी र स्ट्रेटोस्फियरको बीचमा ओजोन तह हुन्छ जसले पृथ्वीलाई सूर्यको परावैजनी किरणबाट बचाउँछ । 

ओजोन तहको अध्ययन गर्ने कोपर्निकस एट्मोस्फियर मोनिटरिङ सर्भिसका निर्देशक भिन्सेन्ट हेनरी पिउचले कम तापक्रम र सूर्यका किरणको टक्करबाट हुने रासायनिक प्रक्रियाका कारण ओजोन तहमा प्वाल परेको बताए । 

यसलाई रोक्नका लागि पृथ्वीमा प्रदूषण कम गरिनुपर्ने उनको भनाइ छ । तर अहिले ओजोनमा भएको ठूलो प्वाल चाहिँ संसारभरिका वैज्ञानिकका लागि अध्ययनको विषय भएको उनले बताए । स्ट्रेटोस्फियरमा बढिरहेको क्लोरिन र ब्रोमिनलाई कम गर्नुपर्ने उनको सुझाव छ ।
 

salt training

कमेन्ट गर्नुहोस्