२५ जेठ २०८३, सोमबार

कोरोनाबाट बच्नका लागि भारतका चिकित्सकहरूले ल्याए राम्रो उपाय

चैत २८, २०७६
कोरोनाबाट बच्नका लागि भारतका चिकित्सकहरूले ल्याए राम्रो उपाय

भारतको उत्तर प्रदेशमा रहेको महोबा जिल्लामा कोरोनाभाइरस महामारीबाट सुरक्षाका लागि चिकित्सकहरूले अनौठो उपाय निकालेका छन् । 

बिरामीलाई नछोइकन चिकित्सकहरूले उनीहरूको स्याम्पल लिन थालेका छन् । यसले गर्दा कोरोना संक्रमणको आशंका गरिएका बिरामीसँगको सामाजिक दूरीमा चिकित्सकहरू पूर्ण सुरक्षित रहनेछन् । 

चिकित्सकहरूले एलुमिनियमको एउटा क्याबिन तयार पारेका छन् जसमा शीशा लगाएर त्यसमा हात छिराउने दुईवटा प्वाल बनाइएको छ । त्यस प्वालमा लामा दुईवटा प्लास्टिकका पञ्जा राखिएका छन् ।

क्याबिनभित्र बसेर चिकित्सकहरूले प्लास्टिकका पञ्जा हातमा छिराएर रोगीहरूको चेकअप गर्ने गरेका छन् । आएको मानिस कोरोना संक्रमित रहेछ भने पनि चिकित्सकहरूलाई संक्रमणको खतरा कम हुन्छ । 

चिकित्सकहरूले यसलाई एयर टाइट क्याबिन फर स्याम्पल कलेक्सन नाम दिएका छन् । 

डा आरपी मिश्राले बताए, ‘यस क्याबिनभित्र चिकित्सकहरू बस्दा बिरामीहरूले खोक्दा वा हाच्छ्युँ गर्दा भाइरस बाहिरै रोकिन्छ । क्याबिनमा हावा भित्र नछिर्ने भएकाले संक्रमणको खतरा रहँदैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्