प्योङयाङ– सन् १९५० सम्म उत्तर कोरिया एसियाको सबैभन्दा अधिक औद्योगिक देशमा एक थियो । तर आज उसको अर्थव्यवस्था निकै खस्किएको अवस्थामा छ । त्यतिमात्रै होइन अहिले उत्तर कोरियाली जनताको जीवन समेत कोरियाली प्रायद्वीपमा देखिएको तनाब र अमेरिकी युद्धपोतको तैनाथीले जोखिममा पारेको छ । यो तनाव परमाणु कार्यक्रम र लामो दुरीको मिसाइल विकसित गर्ने विषयले सिर्जना गरेको हो । उत्तर कोरियाले आफ्ना संस्थापक राष्ट्रपति किम इल सुङको १०५ औं जन्मजयन्ती १५ अप्रिलमा राजधानी प्योङयाङमा आयोजित परेडमा आफ्ना् सैन्य शक्ति प्रदर्शन गरेको छ । यसमा नयाँ इन्टरकन्टिनेन्टल व्यालेस्टिक मिसाइल र पनडुब्बीको प्रदर्शन समेत थियो । अमेरिका र दक्षिण कोरियाका अनुसार यसका अलवा उत्तर कोरियाले एक अन्य मिसाइलको परीक्षण पनि गरेको छ । यद्यपि सो परीक्षण असफल भएको छ । उत्तर कोरियाले पछिल्ला पाँच वर्षदेखि परमाणु तथा मिसाइल निर्माण तथा परीक्षणलाई तिव्रता दिएको छ ।
मिसाइल क्षमताउत्तर कोरियासँग अलग अलग क्षमताका एक हजारभन्दा बढी मिसाइल रहेको अनुमान छ । यिनीहरुमा अमेरिकासम्म मार हान्न सक्ने क्षमताका मिसाइल समेत रहेको बताइन्छ । संसारका केही देशले मात्रै यस प्रकारका विकसित र महंगो प्रविधिका हतियार विकसित गरिरहेका छन् । यद्यपि उसले आफ्नो मिसाइल कार्यक्रममा कहाँबाट र कसरी पैसा खर्च गरिरहेको छ त्यो त्यति स्पष्ट छैन । पहिलो कुरा यसका लागि विदेशी मुद्राको जरुरत पर्दछ । उत्तर कोरियाले केही अत्याधुनिक विदेशी प्रविधि हाँसिल गरेको छ, यसमा केही सेनाको आवश्यकताका लागि हो । उत्तर कोरिया संसारका केही त्यस्ता देशमा पर्दछ, जहाँको अर्थव्यवस्थामाथि केन्द्र सरकारको नियन्त्रण कायम छ ।
अर्थव्यवस्थाको आकारअमेरिकी गुप्तचर एजेन्सी सीआईएको वेबसाइटमा उत्तर कोरियाको अर्थव्यवस्था करिब ४० अरब डलर बराबरको रहेको अनुमान लगाइएको छ । यो होन्डुरसको जत्तिकै ठूलो अर्थव्यवस्था हो । उत्तर कोरियाको कुल निर्यात करिब पौने चार अरब अमेरिकी डलर बराबर रहेको छ । करिब यतिको निर्यात मोजाम्बिक र युरोपकै सानोमध्ये एक देश सन मारिनोको पनि छ । जुन वस्तुको निर्यात उत्तर कोरियाले गर्दछ, त्यसमा खनिज, धातुबाट बनेका सामान, युद्ध सामग्री, कपडा, कृषि उत्पादन र माछा पर्दछन् । तर सवाल यो हो कि ल्याटिन अमेरिकाका गरिब देशको अर्थव्यवस्था भएको एक देश परमाणु कार्यक्रमको खर्च कसरी उठाउन सक्छ ? उत्तर कोरियाको प्रतिव्यक्ति क्रयशक्ति करिब १८ सय अमेरिकी डलरको छ, जुन रुवान्डा र हाइटीजस्ता देशको बराबर हो । यस मामलामा ऊ २३० देशको सूचीमा २०८ नम्बरमा रहेको छ ।
अकालबाट उठेको अर्थव्यवस्थाउत्तर कोरियामा सन् १९९० को दशकमा भारी भोकमरीको अवस्था सिर्जना भएको थियो । यसबाट मुक्त हुनका लागि उसको अर्थतन्त्रलाई धेरै समय लाग्यो । सन् २००९ सम्म उसलाई अन्तर्राष्ट्रिय समुदायबाट खाद्य सहयोग प्राप्त नहुँदासम्म निकै कठिन बनेको थियो । यद्यपि हाल उसको घरेलु कृषि उत्पादनमा सुधार भएको छ । अब प्रश्न उठ्छ कि यसको खरिदकर्ता को हो ? चीन उत्तर कोरियाको मुख्य राजनीतिक सहयोगी हो । चीन उसको कुल उत्पादनको ५४ प्रतिशत किन्छ भने दोस्रो स्थानमा अल्जेरिया छm जसले उत्तर कोरियाको ३० प्रतिशत सामान खरिद गर्दछ । यसको अलावा उत्तर कोरियाको निर्यातको १६ प्रतिशत दक्षिण कोरिया जान्छ, बीबीसीको सामग्री राजधानीले छापेको छ ।
छिमेकीसँग टकरावउत्तर कोरियाको छिमेकी राष्ट्र दक्षिण कोरियासँग उसको पुरानो टकराब रहेको छ । यति ठूलो टकराव एक अर्कोदेशबीच दोस्रो विश्वयुद्धपछि पहिलोपटक देखिएको हो । यसका बाबजुद दुवै देशलाई आफ्नो आर्थिक हितलाई बढावा दिइरहेका छन् । उत्तर कोरियामा दक्षिण कोरियाको लगानी उसको विदेशी मुद्राको महत्वपूर्ण स्रोतमा एक हो । दक्षिण कोरियाको सबैभन्दा महत्वपूर्ण लगानी केसाङ्ग औद्योगिक कम्प्लेक्समा छ ।
तर पछिल्ला दिनमा यसको भविष्य त्यति उज्वल देखिएको छैन । बुधबार दक्षिण कोरिया सरकारले मिसाइल परीक्षणपछि बढ्दो तनावबीच आफ्नो सहभागिता यसमा स्थगित गरेको छ । दक्षिण कोरियाले आफूहरु यस औद्योगिक कम्प्लेक्सबाट पैदा हुने संशाधन उत्तर कोरियाको सैनिक परियोजनामा खर्च नहोस् भन्नेमा स्पष्ट रहेको जनाएको छ । यसका अलवा अन्य केही देशले लगाएको आर्थिक प्रतिबन्धबाट उसको अर्थव्यवस्था कमजोर बनाएको छ । त्यसमा सबैभन्दा पछि जापानले प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना जनताको त्याग रहुन्जेलसम्मका लागि परमाणु क्षमता विस्तार गर्नेछन् ।