१७ असार २०८३, बुधबार

लकडाउन : मदिरा नपाएको झोकमा स्यानिटाइजर पिएपछि...

चैत २९, २०७६
लकडाउन : मदिरा नपाएको झोकमा स्यानिटाइजर पिएपछि...
प्रतिकार्यात्मक तस्वीर।

अहिले विश्व नै कोरोना भाइरसको चपेटामा छ। नेपाल, भारत लगायतका मुलुक लकडाउनमा छन्।

विशेषज्ञको राय छ, कोरोनाबाट बच्न सामाजिक दूरी, कायम गर्नु, घरमै बस्नु, साबुनपानीले हात धुनु र स्यानिटाइजरको प्रयोग गर्नु। तर, भारतको तमिलनाडुस्थित कोयन्बटूरमा स्यानिटाइजरका कारण एक जनाले ज्यान गुमाएका छन्।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार ३५ वर्षीय ती पुरुषले मदिरा नपाएको झोकमा स्यानिटाइजर पिएका थिए। जसकारण उनले ज्यान गुमाउनु परेको जनाइएको छ।   

रिपोर्ट अनुसार बर्नार्ड नामका ती व्यक्तिमा मदिराको लत थियो। लकडाउनका कारण मदिरा पाउन छाडेपछि उनी तनावमा थिए।

स्यानिटाइजर पिएपछि बिरामी भएका उनलाई पत्नीले अस्पताल लगेकी थिइन्। तर, चिकित्सकले मृत घोषित गरिदिए। घटनाबारे प्रहरी अधिकारीहरुले अनुसन्धान गरिरहेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्