१८ असार २०८३, बिहीबार

वीरगञ्जका ३ जनाको नमूना ३ चरणमा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइयो– स्वास्थ्य सचिव कोइराला

वीरगञ्जका ३ जनाको नमूना ३ चरणमा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइयो– स्वास्थ्य सचिव कोइराला

वीरगञ्जमा ३ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पाइएको पुष्टि स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले गरेका छन् ।

स्वास्थ्य सचिव कोइरालाले लोकान्तरसँग भने, '३ चरणको परीक्षणमा समेत तीनै जनामा कोरोनाभाइरस पोजेटिभ पाइएको छ, पहिला हेटौंडामा परीक्षण गर्दा पोजेटिभ पाइएपछि काठमाडौं ल्याएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ चरणमा परीक्षण गर्दा पोजेटिभ नतिजा नै आयो ।'

यससँगै नेपालमा कोभिड– १९ संक्रमितको संख्या १२ पुगेको छ ।

यसअघि काठमाडौंमा २, बाग्लुङमा २ र धनगढीमा ४ जना कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत छन् । अर्का एकजना भने निको भएर फर्किसकेका छन् ।

नयाँ संक्रमण भेटिएपछि सरकार थप सचेत र जिम्मेवार भएर लागेको सचिव कोइरालाले बताए ।

'यसले हामीलाई थप चिन्तित बनाएको छ, हामी थप सचेत र जिम्मेवार भएका छौं,' सचिव कोइरालाले थपे ।

salt training

कमेन्ट गर्नुहोस्