१० असार २०८३, बुधबार

३०० घरपरिवारलाई राहत प्रदान

चैत ३०, २०७६
३०० घरपरिवारलाई राहत प्रदान
फाइल तश्वीर

यहाँको कमलामाई नगरपालिकाले हालसम्म ३०० घरपरिवारलाई राहत प्रदान गरेको छ । लकडाउनका कारण समस्यामा परेका घरपरिवारको पहिचान गरी रहात वितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार लकडाउन अवधिमा आफ्नो श्रम व्यवसाय नचली दैनिक गुजारा गर्न कठिनाइ भएका र मापदण्ड पूरा भई सम्बन्धित वडाको सिफारिस भई आएका घरपरिवारलाई राहत प्याकेज उपलब्ध गराइने छ । शनिबार बसेको स्थानीय विपद् व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले वडाबाट सिफारिस भई आएका परिवारलाई राहत दिने निर्णय गरेको थियो ।
 
नगरपालिकाले यसअघि ७६ घरपरिवारलाई राहत प्याकेजअनुसार प्रतिव्यक्ति २० केजी चामल, तीन केजी दाल, एक केजी चिनी, दुई केजी आलु, ५० ग्राम बेसार, एक लिटर तेल र एक केजी नुन प्रदान गरेको थियो । श्रमिक तथा अतिविपन्न परिवारको चुलो निभ्न नदिन कमलामाई सचेत रहेको र त्यस्ता व्यक्तिलाई तत्कालै राहत उपलब्ध गराउने पक्षमा आफू रहेको प्रमुख खत्रीले बताए।

हाल विद्यमान कोभिड–१९ को महामारीको कारणबाट नगरपालिका क्षेत्रभित्र राहत वितरणका लागि खाद्यान्न आपूर्तिका लागि डोकानिया ब्रदर्ससँग सम्झौता भएअनुसार भुक्तानी दिँदा धरौटीवापत पाँच प्रतिशत रकम कट्टा गर्ने र सम्झौतानुसार तत्काल ५०० प्याकेज राहत सामग्री माग गर्ने तथा आवश्यक भएमा थप माग गर्नेसमेत निर्णय भएको उहाँले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्