२२ असार २०८३, सोमबार

बिग्रियो थर्मल गन

बैशाख १, २०७७
बिग्रियो थर्मल गन

जिल्लाका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् ।

जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या उत्पन्न भएको छ । 

यात्रु तथा अन्यको तापक्रम नाप्न प्रयोग गरिने थर्मल गन बिग्रिएपछि चार दिनदेखि जिल्लाका सबै स्थानमा ज्वरो नाप्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताउनुभयो । अर्घाखाँची अस्पतालमा रहेको थर्मल गन पनि बिग्रिएको छ । 

अहिले थर्मोमिटरले ज्वरो नाप्नुपरेको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताए।  थर्मल गनकाठमाडौँबाट मगाइएको र एकदुई दिनमा ल्याइपु¥याइने गौतमको भनाइ छ  ।  शीतगंगा १२ डोहटेमा कोरोना भाइरस सहायता कक्ष स्थापना गरेर जिल्ला प्रवेश गर्नेहरुको तापक्रम नाप्ने काम हुँदै आएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्