भारतमा कोरोनाको कहर बढ्दै जाँदा प्रहरीले यसबाट बच्नका लागि कडा कदम उठाइरहेको छ ।
उत्तर प्रदेशमा एक व्यक्ति मास्क नलगाइकन बाइक चढेर गइरहेकोमा प्रहरीले रोकेर उसलाई शर्ट खोल्न लगाएर मुखमा बाँध्न भनेको छ ।
देवरिया प्रहरीले चेकिङका बेलामा मास्क नलगाइकन गएका युवकलाई पक्राउ गर्यो अनि पाठ सिकाउनका लागि शर्ट खोल्न लगाएर मुखमा बाँध्न भन्यो ।
महामारीमा स्वास्थ्यको सुरक्षा सबभन्दा महत्त्वपूर्ण हो भन्ने सन्देश दिन प्रहरीले यो कदम चालेको बतायो ।
ट्राफिक सबइन्स्पेक्टर रामवृक्ष यादवका अनुसार, मास्क नलगाइकन कसैलाई पनि बाहिर निस्कन नदिनू भन्ने आदेश माथिबाट आएको छ तर मानिसहरू मास्कविनै निस्के ।
त्यस्तालाई पाठ पढाउन जरूरी रहेको उनले बताए ।