११ असार २०८३, बिहीबार

नदी तटबन्धमा युवक मृतावस्थामा फेला

बैशाख १, २०७७
नदी तटबन्धमा युवक मृतावस्थामा फेला
प्रतिकात्मक तस्वीर

सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा सोमवार बिहान एक युवकको शव भेटिएको छ । 

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।

करीब अन्दाजी १९ वर्षीय ती युवकको हालसम्म पहिचान हुन नसकेको र शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । 

युवकको मुखमा गम्भीर चोट देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । तटबन्धमा रगतका छिटासमेत देखिएकाले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्