३१ जेठ २०८३, आइतबार

इन्डोनेसियामा लकडाउन पालन गराउन ‘भूत’ को सहारा

बैशाख १, २०७७
इन्डोनेसियामा लकडाउन पालन गराउन ‘भूत’ को सहारा

इन्डोनेसियाको केपुह गाउँमा आज भूतहरू देखिन थालेका छन् । रहस्यमयी सेता आकृतिहरू अचानक मानिसलाई तर्साउन आइपुग्छन् अनि फुत्त हराउँछन् । 

जाभा टापुको यो गाउँमा ‘भूत’हरूलाई सडकमा गश्ती गर्न लगाइएको छ । मानिसहरूमा रहेको अन्धविश्वासलाई उपयोग गरेर घरैभित्र बस्न लगाउनका लागि भूत घुमाइएको हो । 

‘हामीहरू केही फरक गर्न चाहन्थ्यौं र निवारक असर पनि पार्न चाहन्थ्यौं किनकि पोकोङ (भूत) तर्साउने खालका हुन्छन्,’ प्रहरीसँग समन्वय गर्ने ग्रामीण युवाहरूको समूहका प्रमुख अन्जर पनचानिङत्यासले बताए । कोरोनाभाइरस फैलिँदै जाँदा सामाजिक दूरी प्रवर्द्धन गर्न यो अभियान चलाइएको हो । 

पोकोङहरू भूताहा आकृति हुन् र उनीहरू सेतो कात्रोमा बेरिन्छन् अनि अनुहारमा सेतो पाउडर लगाउँछन् र आँखामा गाजल लगाउँछन् । इन्डोनेसियाको लोकगाथामा उनीहरू मरेपछि तर्न नसकेका आत्मा मानिन्छन् ।

तर शुरूमा यस्ता भूत खटाउँदा उल्टो असर परेको थियो । मानिसहरू भूत हेर्न घरबाट बाहिर निस्कन थाले । 

त्यसपछि अभियन्ताहरूले यसमा परिवर्तन ल्याउँदै भूतहरूलाई गश्ती गर्न लगाउने र बाहिर निस्कने मानिसलाई तर्साउनका लागि सुइयँ आएर फुत्त भाग्ने रणनीति ल्याए । 

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले कोरोनाभाइरस रोक्नका लागि राष्ट्रव्यापी बन्दाबन्दी लगाउन मानेका छैनन् । त्यसको साटो उनले मानिसहरूलाई सामाजिक दूरी कायम राख्न र स्वस्थ भएर बस्न आग्रह गरेका छन् ।

रोयटर्सबाट

salt training

कमेन्ट गर्नुहोस्