सरकारले ५२ जिल्लामा कोरोना भाइरसको परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र्यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिएका हुन्।
अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा परीक्षण भइरहेको छ। उनले बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने बताए।
अहिले ती दुवै विधिबाट १० हजार ९८२ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआरबाट पाँच हजार ६९१ र र्यापिड डाइग्नोष्टिक टेष्टबाट पाँच हजार २९१ जनाको परीक्षण गरिएको छ।
पिसिआरबाट गरिएको परीक्षणमा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार हजार ४३१ र उपत्यकाबाहिर एक हजार २५९ गरिएको छ । सोमबार मात्र काठमाडौँमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।