
सरकारले कोरोना भाइरस (कोभिड १९) को परीक्षणलाई तीव्र पारेको छ।
परीक्षण सुस्त भएको भन्दै तीव्र आलोचना बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका ५२ जिल्लामा रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र्यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण थालेको हो।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९८२ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआरबाट पाँच हजार ६९१ र र्यापिड डाइग्नोष्टिक टेष्टबाट पाँच हजार २९१ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। जसमध्ये एक जना उपचार गराएर घर फर्किसकेका छन्।
पिसिआरबाट गरिएको परीक्षणमा काठमाडाँैस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार हजार ४३१ र उपत्यकाबाहिर एक हजार २५९ गरिएको छ । साेमबार काठमाडौँमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ।
सम्बन्धित समाचार: रौतहटमा पनि भेटियो कोरोनाभाइरस, संक्रमितको संख्या १४ पुग्यो