०६ असार २०८३, शनिबार

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरू, लक-डाउन लम्बिन सक्ने

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरू, लक-डाउन लम्बिन सक्ने
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरू भएको छ । मंगलवार बिहान ११ बजेदेखि बैठक शुरू भएको बालुवाटार स्रोतले बताएको हो ।

बैठकमा कोभिड १९ को महामारीले पारेको असरबारे छलफल र सरकारले गरेका रोकथाम तथा नियन्त्रणका उपायहरूबारे समीक्षा हुने जनाइएको छ । 

बैठकले लक-डाउनको अवधि थप एक सातादेखि १० दिनसम्म लम्ब्याउने तयारी गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । 

भारतले पनि वैशाख २१ गतेसम्म लक-डाउन थप्ने निर्णय गरेको थियो । 'नेपालमा मुख्यतः भारतबाट कोभिड १९ आउन सक्ने कुरालाई ध्यानमा राखेर निर्णय होला,' ती मन्त्रीले भने । 

salt training

कमेन्ट गर्नुहोस्