०९ असार २०८३, मंगलबार

अग्लो भवनको झ्यालबाट सेल्फी लिने हुँदा चिप्लिए यी व्यक्ति, उद्धार गरिदेऊ भन्दै रोए (भिडियो)

बैशाख २, २०७७
अग्लो भवनको झ्यालबाट सेल्फी लिने हुँदा चिप्लिए यी व्यक्ति, उद्धार गरिदेऊ भन्दै रोए (भिडियो)

रुसको राजधानी मस्कोमा रहेको एक अग्लो भवनको १५ तल्लाको झ्यालमा सेल्फी लिने क्रममा एक व्यक्ति चिप्लेर झुण्डिएका छन् । उनलाई प्रहरीले लकडाउन नियम उल्लंघन गरेको भन्दै ६७ सय रुपैयाँको जरिवाना तिराएको छ । 
घटनाको भिडियो दुई महिलाले खिचेका हुन् । उनीहरूले एन्टोन कोजलोभ नामक ती व्यक्तिलाई झ्यालबाट खसेको १५ मिनेटसम्म समातेर राखेका थिए । 

भुइँबाट १५० फीटमाथि झुण्डिएका ती व्यक्तिले किनारा समातेका थिए भने दुई महिलाले उनको हात र पाखुरा समातेका थिए । 

मलाई उद्धार गर भनेर ती व्यक्ति रोएका समेत थिए । 

पछि ट्राफिक प्रहरीका गश्ती अधिकारीले उनको समस्या देखेपछि दौडिँदै भवनमा पसी उनलाई भित्र तानेका थिए । 

कोजलोभले कोरोनाभाइरस आइसोलेसन नियम तोड्दै पत्नीसँग एक साथीको घरमा गई आल्कोहोलिक क्वारेन्टीन पार्टी गरेको पाइएपछि जरिवाना लगाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्