०३ साउन २०८३, आइतबार

दुई सहसचिव सचिवमा बढुवा

दुई सहसचिव सचिवमा बढुवा

सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।  

मन्त्रिपरिषद्को मंगबारको बैठकले सहसचिवद्वय अर्जुन पोखरेल (प्रशासन समूह) र सागर राई (इन्जिनियरिङ समूह) लाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार उनीहरुको पदस्थापन समेत भएको छ। सचिवमा बढुवा भएका पोखरेलको प्रदेश २ काे प्रमुख सचिवमा र  राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको हो।

प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदीको भने सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ। नेपाल ट्रष्टका सचिव रामकृष्ण सापकोटालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्