१७ असार २०८३, बुधबार

बुद्धबजारलाई दुई लाख जरिवाना

बैशाख ३, २०७७
बुद्धबजारलाई दुई लाख जरिवाना

तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध बजार प्रा.लिलाई कारबाही गरेको छ ।

नियमित अनुगमनका क्रममा सो प्रा.लिले उपभोग्य सामान एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार तत्कालै रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागले लकडाउनका समयमा उपभोक्ता ठगिने सम्भावना उच्च रहेको भन्दै अनुगमनलाई तीव्रता दिँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्