२९ असार २०८३, सोमबार
महाव्याधिको चपेटा संसार

कोरोना संकट: के-के हुन सक्छन् अन्य दुष्परिणाम ?

बैशाख ७, २०७७
कोरोना संकट: के-के हुन सक्छन् अन्य दुष्परिणाम ?

विश्व कोरोना भाइरसको आतंकसँग लड्दैछ । भिड्दैछ । कुनै पनि घटनासँग त्यति डर हुँदैन जति घटनाले निम्त्याउने परिणामसँग हुन्छ । विश्वमा जुन हलचल छ, त्यस पराकम्पनको असर कालान्तरमा अवश्य देखिने नै  छ । यसको चौतर्फी असरको केन्द्र फेरि पनि मानव नै हुनेछ । अहिले यसले मानिसको जिउ ज्यानमाथि भौतिक हमला गर्दै आक्रमण गरिरहेको छ । पछि यसका असर र प्रभावले झम्टने छन् । र मानिसले गाँस, बास, कपास तथा रोजिरोटीका लागि कठोर संघर्षका पाउहरू चाल्नुपर्नेछ । 

बेरोजगारी बढ्दैछन् । ज्यामीहरू कामविहीन हुँदैछन् । अर्थतन्त्र ठप्प छ । उद्योगहरूमा ताला लागेका छ । कालोबजारी बढ्दैछ । आर्थिक वृद्धिदर न्यून हुँदैछ । अर्थतन्त्रको होसबास उड्ने । बेरोजगारी दर बढ्दै जाने र आर्थिक विकासका समग्र सूचकहरू कृषि, पर्यटन, रोजगारी, उद्योग र सामाजिक क्षेत्रहरूमाथि थप नकरात्मक असर पर्ने तथ्य तथ्यांकले बताउँदै छन् । 

बीबीसी भन्छ, ‘करीब ३.५ प्रतिशत गरीबी रहेको विश्वको ठूलो अर्थतन्त्र भएको अमेरिकामा रोजगारी भत्ता माग गर्नेहरूको संख्या डेढ करोड नाघिसकेको छ ।’ एकातिर विश्व अर्थतन्त्रका ठूला ‘पावर हाउस’हरूको अर्थतन्त्र सुस्त र सुक्दै जाने, कलकाराखाना, उद्योगधन्दा र उत्पादन घट्दै जाने र अर्कोतर्फ बेरोजगारी र कामविहीनताको अवस्था उत्पन्न हुनुले ‘रकेट र रोबर्ट’ प्रक्षेपणमा मातिएको दुनियाँले फेरि पनि पेट र शरीरको लागि कष्ट गर्नुपर्ने हुनसक्छ । 

सापेक्षताको नियमले भन्छ, जहाँ पनि, जहिले पनि कमजोर वर्गमाथि प्रहार हुन्छ । फेरि पनि कमजोर, मजदुर र ज्यालादारी वर्ग पिल्सिएको छ । सन् २०२० मार्च २२ मा भारतले कोरोनाको संक्रमण फैलिन नदिन एक्काइस दिनका लागि पहिलोेपटक मुलुकलाई लकडाउन गर्‍यो । त्यसलगत्तै भारतमा लाखौं मजदुरहरू रेल स्टेसन र बसपार्कमा भोकभोकै अलपत्र परेका समाचार आए । सैयौं दुरीको यात्रा साइलबाट गर्न विवश भए । उनिहरूलाई कोरोनाबाट कसरी बँच्नेभन्दा पनि भोकबाट कसरी बच्ने चिन्ता थियो, छ । विश्व भोकमरी सूचकांक २०१९ अनुसार विश्वको ६३औं स्थानमा रहेको भारतलाई भोकमारी व्यवस्थापन सजिलो नभएको विज्ञहरूले बताइरहेका छन् ।
  
त्यस्तै नेपालले पनि पटक–पटक गरेको लकडाउनले कामविहीन भएका कयौं मजदुरहरू चाउचाउ र पानीको भरमा दर्जनौं दिन हिँडेर सयौं माइलको यात्रा तय गरे यी प्रतिनिधिमूलक घटना हुन् । यसले मुलुकमा गरिखाने वर्गको वास्तविक बिम्ब चित्रित गरेको छ । भोकभन्दा लकडाउन ठूलो हुँदैन भन्ने नजीर पेश गरे । शहर बन्द हुँदा उपभोग गर्ने अवस्था नरहेको कारण गाउँ हानिए । कसैले कल्पना गरेको थियो ? यो एक्साइसौं शताब्दीको रोबर्टले काम गर्ने युगमा मान्छे महिनौं हिँडेर घर फर्किन्छ ? सबै समयका दास थिए । समयको ताण्डवको अगाडि न विज्ञानबहादुर भयो न प्रविधि । खासमा हामी समयका सिपाइ न पर्‍यौं, जो समयले आदेश पालना गर्छौं ।

विश्व व्यापार संगठनको पछिल्लो प्रतिवेदनले भन्छ, ‘विश्व बजारमा ३० देखि बत्तीस प्रतिशत विश्व बजारमा गिरावट आउनेछ ।’ त्यस्तै अन्तर्राष्ट्रिय मुद्राकोषकी प्रमुख भन्छिन ‘विश्व अर्थतन्त्रमा करीब एक शताब्दी यता नदेखिएको तहमा असर पार्ने’ बताउछिन् । यो तथ्यले के उजागर गर्छ भने विश्व बजारमा ठूलो असर पर्दैछ । उत्पादन घट्दै जाने । उभोगको माग बढ्दै जानेछ । र माग र आपूर्ति तथा माग र आपूर्ति बीच असन्तुलन भई अर्थतन्त्रले महासंकट झेल्नु पर्ने हुनसक्छ । 

प्रयलकारी भूकम्पकबाट अचेटिएको नेपालको अवस्था झनै चिन्ताजनक अवस्थामा पुग्ने देखिन्छ । पर्यटन क्षेत्र चाहेर पनि तत्काल ब्यूँताउन सकिँदैन । कृषि, उद्योग र अनौपचारिक क्षेत्रलाई चलाउने विधि आवश्यक छ । विश्व भोकमरी सूचकांक– २०१९ अनुसार विश्वको ७३औं स्थानमा रहेको नेपाललाई खाद्यको उपलब्धता, पहुँच र भण्डारणमा त्यति सजिलो नहुन सक्छ ।  

अन्तर्राष्ट्रिय श्रम संगठनको हालसालै प्रकाशित प्रतिवेदनले भन्छ ‘कोरोना भाइसरको कारण विश्वभर १९ करोड ५० लाख मानिसले रोजगारी गुमाउने’ अनुमान गरेको छ । गरीबी र रोजगरीबीच परस्परविपरीत सम्बन्ध हुन्छ । जब गरीबी बढ्दै जान्छ, तब रोजागरी कटौती हुँदै जान्छ । यसको ठीक उल्टो जब रोजगारी सिर्जना हुँदै जान्छ तब गरीबी घट्दै जान्छ ।

रोजागरी कटौती हुँदै जानुले विश्वमा एउटा वर्ग बाँच्नका लागि संघर्ष कठिन रूपले गर्नेछ । भोको पेटले कति दिन संघर्ष गर्न सक्ला ? खाद्यान्न आपूर्ति हुन हम्मे हुने, उत्पादनमा ताला लाग्ने तथा चमर गरीबी र भोकमरी बढ्ने नै छ । मान्छेहरू घरभित्र मात्र बसिरहने हो भने उत्पादन, उत्पादकत्व र उपभोगबीचको चक्र टुटी मान्छेहरू कोरानाका कारण भन्दा भोकका कारण मर्ने पो हुन सक्छ कि ? चरम गरीबी झेल्नुपर्ने हुन सक्छ कि ?

त्यस्तै बीबीसी भन्छ, ‘ब्रिटिश कम्पनीहरूले करीब ३० प्रतिशत कर्मचारी कटौती गर्दैछन् ।’ भनेपछि विश्व बजारबाट ठूलो संख्यामा कर्मचारी कटौती भई मानिसहरू कामविहीनताको अवस्थामा बस्नुपर्ने छ । 

लकडाउनले मात्र पुग्ने रहेछ भने त ठीकै हो । होइन भने विश्वले नयाँ शिरा र आयामबाट सोच्नुपर्छ होला । यहाँ कोरोनाको शिकारले मात्र मर्नेवाला छैनन्, भोक र शोकले पनि कैयौं मर्नेवाला छन् । हिजो विश्व गतिशील हुँदा एक देशले अर्को देशलाई नाकाबन्दी लगायौं । आपूर्ति रोक्यो । अभाव सिर्जना गर्‍यो । तर आज प्रकृतिले नै विश्वलाई साझा रूपमा ‘नाकाबन्दी’ लगाइदिएको छ । पक्कै पनि यसबाट उन्मुक्ति पाउन एकल प्रयास र पहल पर्याप्त हुनेछैन । विश्वको साझा पहल आवश्यक पर्नेछ ।

स्वास्थ्यसम्बन्धी विश्व मातृसंस्था विश्व स्वास्थ संगठन सन् २०२० अप्रिल १३ मा विज्ञप्ति जारी गर्दै अगाडि भन्छ, ‘जबसम्म कोरोना संक्रमण (कोभिड– १९)  रोगविरुद्ध खोपको विकास र वितरण हुँदैन तबसम्म यसको संक्रमण पूर्णरूपमा रोक्न सकिँदैन ।’ भनेपछि अहिलेसम्म विश्वका जे जति उपचारका पद्धति अवलम्बन गरिए, तिनीहरू सबै ‘ट्रायल’ फेजबाट अगाडि बढिरहेका छन् । अहिले विश्व कोरोनाभाइरको नियन्त्रणका लागिभन्दा पनि न्यूनीकरणको विधि अवलम्बन गरिरहेको छ । 

विश्व बैंकले अर्धवार्षिकरूपमा सार्वजनिक गर्ने साउथ एसिया इकोनमिक फोकस नामक प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १.५ देखि २.८ प्रतिशत मात्रै बढ्ने उल्लेख छ । उसले अगाडि भन्छ, दक्षिण एसियाली मुलुकको अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुनेछ । यसरी अर्थतन्त्र सिमित र खुम्चिँदै जाने हो भने बजार, व्यापार र व्यवसायमा संकट आउँछ ।

प्रयलकारी भूकम्पकबाट अचेटिएको नेपालको अवस्था झनै चिन्ताजनक अवस्थामा पुग्ने देखिन्छ । पर्यटन क्षेत्र चाहेर पनि तत्काल ब्यूँताउन सकिँदैन । कृषि, उद्योग र अनौपचारिक क्षेत्रलाई चलाउने विधि आवश्यक छ । विश्व भोकमरी सूचकांक– २०१९ अनुसार विश्वको ७३औं स्थानमा रहेको नेपाललाई खाद्यको उपलब्धता, पहुँच र भण्डारणमा त्यति सजिलो नहुन सक्छ ।  

उल्लेखित अवस्थालाई हेर्दा यो एक्लै त आएन, आएन । कालोबजारी, बेरोजगारी, गरीबी, भोकमारी, अस्तव्यस्त बजार र तहसनहस अर्थतन्त्रसहित आयो । अहिले विश्व भ्रमणमा छ । विश्वको सामूहिक प्रतिबद्धता, एक्यबद्धता र प्रयास सहितको नयाँ खोज अन्वेषण र विधिबाट यसको भिजिट भिसा रद्द गर्न सकिन्छ । 

साच्चै १ विश्व ‘ग्लोबल भिलेज’ भएको छ । निराशा, डर र दुःख भावनात्मक रूपमा एकीकरण भएका छन् । जोडिएको छन् । हरेक चुनौतीसँग सुन्दर अवसरको सम्भावना पनि रहन्छ । यदि विश्वमा अन्धकार नभएको भए चिमको आविष्कार कसरी हुन्थ्यो र ? कोरोना भाइसको विश्व साम्राज्य ध्वत पार्दै मानवता रक्षावरणको वर्तमानको हतियाररहितको युद्धमा मानवताको फेरि पनि ऐतिहासिक जित दर्ता होस् ।

salt training

कमेन्ट गर्नुहोस्