०५ असार २०८३, शुक्रबार

पोखराको निजी स्कूलका संस्थापक प्रिन्सिपल बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान

बैशाख ९, २०७७
पोखराको निजी स्कूलका संस्थापक प्रिन्सिपल बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान
प्रतिकात्मक तस्वीर

पोखराको एक निजी स्कूलका संस्थापक प्रिन्सिपल बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

पोखरा रामघाटस्थित प्यारामाउन्ट पब्लिक स्कूलका प्रिन्सिपल श्रीमान गुरुङ २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका हुन् । उनी हाल चितवन कारागारमा छन् ।

गत चैत ३ गते आफूमाथि बलात्कार गरेको भनी ती युवतीको इलाका प्रहरी कार्यालय मुग्लिङमा जाहेरी दिएपछि प्रहरीले गुरुङलाई कुरिनटारको होटलबाट पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक कञ्चन तामाङले लोकान्तरलाई भने, ‘जाहेरीपछि हामीहरूले पक्राउ गरेका हौं । आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले फाइल अदालत पठाइएकोमा ठीक १ महिनापछि वैशाख ३ गते अदालतले पुर्पक्षका लागि जेल चलान आदेश दिएको हो ।’

प्रहरीका अनुसार गुरुङले कुरिनटारको होटलमै ती युवतीलाई बलात्कार गरेका थिए । ६१ वर्षीय गुरुङले पोखरा रामघाटमा स्कूल चलाएका छन् । अंग्रेजी अध्यापन गर्ने उनी नेपाल इङ्लिस ल्याङवेज टिचर्स एशोसियसन नेल्टामा समेत आबद्व थिए ।

मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरे ७ देखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्