
दुई हजार वर्षअघि तारा र ग्रहहरूका विषयमा चिन्तन गरेर लेखिएको एक कविताबाट प्रेरित भएर चीनले मंगलग्रह अन्वेषणका लागि पठाउने अन्तरिक्षयानको नाम राखेको छ ।
तियानवेन–१ मंगलग्रहको अन्वेषणमा रोबोटलाई लिएर जानेछ । यसै वर्षको गर्मीमा यसलाई प्रक्षेपण गर्ने योजना छ । त्यही समयमा नासाको पर्सिभियरेन्स रोभर पनि प्रक्षेपण गरिनेछ ।
कु युआनले लेखेको तियानवेन नामक कविताले तारा तथा ग्रहहरूका विषयमा प्रश्न उठाएको छ । तियानवेनको अर्थ हुन्छ– आकाशीय तथ्यको खोजी ।
यसले मंगलग्रहमा अर्बिटर, ल्यान्डर र रोभरमार्फत जीवनको संकेत खोज्नेछ । यसमा १३ वटा वैज्ञानिक उपकरणहरू पनि साथै रहनेछन् ।
चीन सरकारले जनाएअनुसार, देशको पहिलो यस्तो मिसनले मंगलग्रहको वातावरण, पारिस्थितिकीय प्रणाली र भौगोलिक संरचनाको पनि अध्ययन गर्नेछ ।
जुलाई महिनामा प्रक्षेपण गरिने यस अन्तरिक्षयानलाई सन् २०२१ को जुलाई महिनामा उतार्ने अपेक्षा गरिएको अग्रणी वैज्ञानिक ये पेइजियानले बताए ।