२५ जेठ २०८३, सोमबार

झापा निवासी एक पुरुषमा नयाँ संक्रमण, देशभर कोरोना संक्रमितको संख्या ५२

बैशाख १४, २०७७
झापा निवासी एक पुरुषमा नयाँ संक्रमण, देशभर कोरोना संक्रमितको संख्या ५२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को थप नयाँ संक्रमित फेला परेको पुष्टि गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले आइतवार साँझ एक विज्ञप्ति जारी गर्दै झापानिवासी ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेका हुन् ।

कोशी अस्पताल विराटनगरमा पीसीआर विधिमार्फत परीक्षण गर्दा नयाँ संक्रमण भेटिएको हो ।

संक्रमित अस्पतालकै सम्पर्कमा रहेको उनले बताए । 

यससँगै देशभर कोभिड १९ का संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्