०६ साउन २०८३, बुधबार

डीआईजी शाहीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

बैशाख १४, २०७७
डीआईजी शाहीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) नीरज शाही नियुक्त भएका छन्।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सम्प्रेषणका लागि शाहीलाई प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । 

यसअघि प्रहरी प्रवक्ता रहेका शैलेश थापा क्षेत्री प्रहरी अतिरीक्त महानिरीक्षकमा बढुवा भएपछि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी प्रवक्ताका रुपमा काम गर्दै आएका थिए। यसअघि शाही नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख थिए। 

कमेन्ट गर्नुहोस्