१८ असार २०८३, बिहीबार

महंगो कारमा घुुम्दै लकडाउन तोडेको आरोपमा युवकलाई गराइयो उठबस (भिडियो)

बैशाख १५, २०७७
महंगो कारमा घुुम्दै लकडाउन तोडेको आरोपमा युवकलाई गराइयो उठबस (भिडियो)

भारतको इन्दोरमा शनिवार महंगो विलासी पोर्श कारमा घुम्ने एक धनाढ्यलाई लकडाउन तोडेको आरोपमा सडकमै कान समातेर उठबस गराइएको छ । 

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसमा युवक आफ्नो दुईसीटे विलासी कारमा घुम्दै गर्दा म्युनिसिपल सेक्युरिटी कमिटीका दुई सदस्य अचानक आइपुगेको र उनलाई रोकेको देखिन्छ । त्यसपछि नियम तोडेको सजायस्वरूप उनीहरूले ती युवकलाई उठबस गराए । 

ती युवकको नाम संस्कार दरयानी बताइएको छ । उनले कम्पनीबाट घर फर्किंदा घटना भएको बताए । 

इन्दोर प्रहरीलाई यस विषयमा कारवाही गर्न उनले आग्रह गरेका छन् । 

उनले भने, ‘कम्पनीबाट घर फर्किंदा मलाई बाटोमा रोकियो । मैले उनीहरूलाई पास देखाएँ तर तिनीहरूले मलाई गालीगलौज गरे र उठबस गर्न लगाए । मैले उनीहरूलाई सम्झाउन खोज्दा सुन्दै सुनेनन् । त्यसपछि मैले उनीहरूको आदेश मान्नुपर्‍यो । उनीहरूको घटनाको भिडियो खिचे, मेरो गिल्ला गरे र मलाई जान भने । इन्दोर प्रहरीले यसमा कारवाही चलाउनुपर्छ ।’

इन्दोरका एएसपीले अनावश्यक रूपमा बाहिर निस्कनेमाथि कारवाही गरिएको तर संस्कारले चाहिँ मास्क नलगाएको भएर उनलाई दण्ड दिइएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्