
काठमाडौं महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ ।
विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ ।
कामपाको ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो । महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २५४ जनाको नामावली संकलन गरेको थियो ।
महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण खानपानको समस्यामा परेका कूल ४९ हजार ३१४ जनालाई खाना खुवाइएको छ ।
महानगरले कुनै समस्या परे वा खान बस्नको समस्या भए आफूहरुलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।
महानगरले नगर क्षेत्रमा १ हजार १९ जनाको द्रूत परीक्षण (आरडीटी) परीक्षण गरेको छ । प्रशासन प्रमुख ढकालकाअनुसार यो विवरण सोमवारसम्मको हो ।