१० असार २०८३, बुधबार

सार्क विकास कोष दशौं वर्षमा

बैशाख १६, २०७७
सार्क विकास कोष दशौं वर्षमा

गरीबीको रेखामुनि रहेका जनताको जीवनस्तर उठाउन आर्थिक सहयोग जुटाउने उद्देश्यले स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विकास कोष मंगलवारदेखि दशौं वर्षमा प्रवेश गरेको छ । 

थिम्पुमा सम्पन्न सार्कको १६ औं शिखर सम्मेलनबाट स्थापित कोषले बितेका ९ वर्षमा ८ वटै सदस्य राष्ट्रमा आर्थिक उपार्जन, भौतिक पूर्वाधार र सामाजिक सुरक्षा सहितका ९० वटा साना–मझौला क्षेत्रीय परियोजनामा लगानी गरेको छ । 

घरमै बसेर आयआर्जनका काम गर्ने, किसानका समस्या निराकरणमा सघाउने, मातृ तथा शिशु मृत्युदर घटाउने कार्यक्रममा टेवा दिने, सम्पर्क सञ्जाल विस्तार, विद्युतीय माध्यमबाट ग्रामीण भेगमा सुशासन प्रवद्र्धन, महिला तथा बालबालिकामाथि हुने हिंसाको अन्त्य, खानेपानीमा सहज पहुँचको सुनिश्चितता, स्वास्थ्य तथा सरसफाइमा ती परियोजना केन्द्रित रहेका सार्क सचिवालयले जनाएको छ । 

क्षेत्रीय एकीकरण र आर्थिक उन्नयनलाई उच्च प्राथमिकतामा राखेर कोषले ऊर्जा, यातायात, पर्यटनजस्ता आर्थिक तथा पूर्वाधारका परियोजनामा पनि ठूलो धनराशि लगानी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्