
विवेकशील नेपाली दलले कोरोना भाइरसबाट सिर्जित रोजगारी संकटमा परेका नेपालीका लागि सूचना तथा सहायता हुने वेवसाइट बनाउन लागेको बताएको छ। विदेशबाट नेपाल फर्किने नेपाली जनशक्तिलाई रोजगारदातासँग जोड्न वेव पोर्टल तयार गरेको छ।उक्त पाेर्टलकाे नाम www.Work4Nepal.com हाे।
यो प्रविधिको उद्देश्य नेपाल फर्कने दक्ष, अर्धदक्ष जनशक्तिलाई नेपालमै आआफ्नो पेशा, रोजगार र विषयगत दक्षता अनुसारको काममा जोड्नु भएको विवेकशीलका संघीय सूचना प्रविधि विभाग प्रमुख आलोक सुवेदीले बताए।
यसो गर्दा विदेशमा पाइआएको पारिश्रमिक, सेवासुविधा बराबरकै अवसर उपलब्ध गराउने, रोजगारदातासँग समन्वय गर्दै जोड्ने र सरकारी गैरसरकारी अवसरमा रोजगारको प्राथमिकताका लागि पहल गर्न सहज हुने उक्त पार्टीको विश्वास छ।